SamwadKhabar logo

               

समाचार

सौर्यका क्याप्टेनले भने- १०० फिटमाथि पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन

संवाद खबर

संवाद खबर

सौर्यका क्याप्टेनले भने- १०० फिटमाथि पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन

साउन १०, काठमाडौं । काठमाडौंबाट बुधवार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो । अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र भएको घटनामा परेर १८ जनाको मृत्यु भयो ।

दुर्घटना लगत्तै पाइलट मनिष शाक्यको घाइते अवस्थामा उद्धार भएको थियो । उद्धार लगत्तै पाइलट शाक्यको केएमसी अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचार भइरहेको छ ।

क्याप्टेन शाक्यले डाक्टर र परिवारका सदस्यसँग सामान्य कुराकानी गरेका गरेका समाचार आइरहेका छन् ।

बिहीवार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा मिना थापासँग क्याप्टेन शाक्यले कुरा गर्दै जहाज १०० फिटजति माथि पुगेपछि जहाज माथि लैजान नसकेको बताएका छन् । क्याप्टेन शाक्यले जहाज कन्ट्रोल गर्न नसकिए पछि तल तल खस्न थालेको बताएका छन् ।

त्यसपछि आफूलाई केहीले थिचेको जस्तो महशुष भएको र पछि उद्धारको क्रममा तानेको थाहा भएको समेत बताएका छन् ।

शरीरका विभिन्न भागमा चोटपटक लागेका पाइलट शाक्यको सिनामंगलस्थित के.एम.सी.मा उपचार भईरहेको छ । सिटीस्यानको रिपोर्टमा क्याप्टेन शाक्यको ढाडको हड्डी भाँचिएको देखिएको छ । तर शरीरको अन्य भागमा ठूलो चोट देखिएको छैन । उनी खतरामुक्त छन् र स्वास्थ्यमा क्रमिक सुधार हुँदै छ ।

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

२० भाद्र, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अन…