SamwadKhabar logo

               

धर्म संस्कृति

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

संवाद खबर

संवाद खबर

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

२१ साउन, काठमाडौं । डोटीबाट पूजा सामग्रीसहित सरकारी टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ ।  बाजुरामा अवस्थित बडीमालिका भगवतीको पूजाआजा गर्न डोटीबाट हरेक वर्षझैं यसवर्ष पनि जनैपूर्णिमाको दिन लाग्ने मेलाका लागि फूलप्रसादसहित सरकारी टोलीलाई विदाइ गरिएको हो । 

बाजुरामा रहेको बडीमालिकामा श्रावण शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पूजा सामग्रीका साथ ‘पेटारो’ पठाउने गरिन्छ । सरकारी कर्मचारीहरूको एक टोलीले नै उक्त पेटारो लैजाने गर्दछन् । यो चलन वर्षौंदेखि चलिरहेको छ।

‘जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रीक विधिले पूजा गरी विशेष मन्त्रले बाँधी पेटारोका साथ सरकारी टोलीलाई विदाइ गरिन्छ । 

भगवतीका सात बहिनीमध्येमा कान्छी बहिनी मानिने बडीमालिका भगवतीको रथयात्रालाई जिल्ला प्रशासनमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टुकडीले सलामीसहित टोलीलाई विदाइ गर्ने चलन रहेको छ ।

सरकारी टोलीलाई गन्तव्यसम्म पुग्नका लागि अछाम,बाजुरा जिल्लाको सुरक्षा समितिसँग समन्वय भएको र विशेष सुरक्षा व्यवस्था समेत मिलाइएको प्रशासन कार्यालयले जनाएको छ । धार्मिक तथा प्राकृतिक महत्वको पर्यटकीय क्षेत्र बडीमालिकालाई ठूलो शक्तिपीठका रुपमा हेर्ने गरिन्छ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

कार्तिक ४, काठमाडौँ । हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषक…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…