SamwadKhabar logo

               

धर्म संस्कृति

आज नागपञ्चमी पर्व मनाइँदै

संवाद खबर

संवाद खबर

आज नागपञ्चमी पर्व मनाइँदै

२५ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्पराअनुसार आज नागको पूजा गरी मनाइँदै छ । प्रत्येकको घरदैलोमा नागको तस्बिर टाँसी पूजा गरेर आज नेपालीहरुले परापूर्वकालदेखि चलिआएको नागपञ्चमी पर्व मनाइएको हो । 

आजको दिन नागको पूजा गर्नाले वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहिआएको छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसेर पूजा गर्ने चलन छ । अगाडि सर्प राखेर पूजा गर्न जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा पूजा गरिन्छ । 

नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबर टाँसेर घरको ढोकामाथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । नाग पञ्चमीको दिन घरको ढोकामा अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने, आगो र सर्पको डर समेत नहुने विश्वास छ

नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छीजस्ता विषालु जीवका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुले व्रत गर्ने, भूमि शयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन  छ ।

वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग देवता रिसाए भने पानी नपर्ने वा धेरै पानी पर्ने र नागदेवता खुसी भए भने पहिरो नजाने, खोलालाई नागले बाँधेर राख्ने भन्ने विश्वास रहेकोले नागको पूजा गर्ने परम्परा रहँदै आएको हो । 

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शयनमा फणको छाता ओढी बस्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा लिइन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएका कथा विभिन्न पुराणमा उल्लेखित छ । 

नागको कथा
पौराणिक कथाअनुसार पिता परीक्षितको मृत्युपछि सम्राट जनमेजय हस्तिनापुरको सिंहासनमा बसेका थिए । परीक्षित पाण्डवका एक मात्र वंशज थिए । उनलाई ऋषि श्रृङ्गीले सर्पदंशका कारण मर्ने श्राप दिएका थिए । श्राप पाएपछि उनले सम्पूर्ण सर्प कुललाई पूर्ण रूपमा नष्ट गर्ने निर्णय गरे । त्यसका लागि उनले सर्प यज्ञ गरे । त्यो यज्ञले गर्दा संसारका सबै सर्प नाश हुन थाले । यज्ञ परिसरमा ऋषि अस्तिक आए । अस्तिक भगवान् शिवकी छोरी मनसाका सन्तान थिए । अस्तिक ऋषिको प्रार्थनाका कारण जनमेजयले आफ्नो पिताको मृत्युको दुःख र नागप्रति प्रतिशोधको भावनालाई त्यागेर यज्ञ रोक्छन् र बाँकीका सर्प जोगिन्छन् । 

नागपञ्चमीमा भगवान् शेषनारायणका १२ रूपको प्रशंसा र पूजा गरिन्छ । यस विशेष दिनमा, जसले सर्पहरूलाई शुद्ध हृदयले सम्मान गर्दछ, उनीहरूलाई सर्पको डरले कहिले सताउँदैन ।  

नागपञ्चमीको अवसरमा  नेपाल र भारतको विभिन्न नाग देवताको मन्दिरमा नाग पञ्चमी मेला लाग्छ । आजको दिन नागदह, नागस्थानमा पूजा गर्ने चलनअनुसार काठमाडौं भक्तपुरको नागदहमा पनि श्रद्धालुहरुको भीड छ । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

कार्तिक ४, काठमाडौँ । हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषक…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…