SamwadKhabar logo

               

विश्व

गाजाको स्कुलमा इजरायलको आक्रमणले ९३ जनाको मृत्यु

संवाद खबर

संवाद खबर

गाजाको स्कुलमा इजरायलको आक्रमणले ९३ जनाको मृत्यु

२७ साउन, काठमाडौं । हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा कम्तीमा ९३ जनाको मृत्यु भएको छ ।  

बीबीसीले आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको गाजाको अल अहली अस्पतालका प्रमुखलाई उद्धृत गर्दै सो आक्रमणमा कम्मिात ७० जनाको मृत्यु भएको उल्लेख गरे पनि संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले महिला र बालबालिकासहित ९३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरहरुमा आक्रमण गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ । कार्यालयका अनुसार शनिवार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको छ ।

यी आक्रमणबाट अधिकांश निर्दोष सर्वसाधारण मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार जारी युद्धमा ३९ हजार ६९९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ९१ हजार ७२२ जना घाइते भएका छन् । गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत विस्थापित भएका छन् ।

गत ७ अक्टुबरमा हमास र केही प्यालेस्टिनी चरमपन्थी समूहले इजरायलको दक्षिणी क्षेत्रमा आतंकवादी आक्रमण गरेका थिए । सो आक्रमणबाट १ हजार २०० जनाको मृत्यु भएको थियो । मारिनेमा १० जना नेपालीहरु पनि थिए । विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर गाजा क्षेत्रमा लगिएको थियो । त्यही बेलादेखि इजरायलले आतंकवादीलाई समाप्त पार्ने भन्दै आक्रमण सुरु गरेको थियो । बन्धक बनाइएकाहरुलाई रिहा र युद्ध अन्त्यको प्रयास भइरहे पनि सफल भएको छैन ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…