SamwadKhabar logo

               

धर्म संस्कृति

‘जिवित पुत्रिका’ (जितिया पर्व)को महत्व, विशेषता

संवाद खबर

संवाद खबर

‘जिवित पुत्रिका’ (जितिया पर्व)को महत्व, विशेषता

९ असोज, काठमाडौं । जितिया पर्व विशेषगरी नेपालको सुदुरपश्चिम तराई क्षेत्रका थारु समुदाय र मधेश समुदायले मनाउने महान् चाड हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिनसम्म मनाइन्छ । संस्कृतमा  ‘जिवित पुत्रिका’, हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू ‘जितिया’ लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसको विशेषता र धार्मिक मान्यता विशिष्ट छ ।

जितिया पर्वको सप्तमी दिनलाई  ‘नहायेके खाय के’ भनिन्छ र अष्टमीको दिनलाई  ‘उपवास’ र नवमीको दिनलाई ‘पारण’ भनिन्छ ।

पहिलो दिन नजिकैको नदी–तालतलैया र पोखरीमा गई जितवाहनलाई याद गरेर मनमनै पुजेर संकल्प लिने गर्दछन् । यस दिन विशेष प्रकारको विभिन्न मिठा मिठा खानाका परिकारहरू बनाउने चलन छ । जो मांसाहारी छन् उनीहरूले माछा र मरुवाको रोटी जसलाई मरुवा माछ भन्ने गरिन्छ । शाकाहारीहरूले मरुवा र झिंगीको तरकारी नुनीको साग, कोदोको रोटी खाने चलन छ ।

सप्तमीको दिन व्रतालुहरू रातको समयमा थारु भाषामा दत्कट -दर_ खाएर जितियाको शुरुवात गर्ने गर्छन् ।

दोस्रो दिन व्रतालुहरू दिनभर उपवास निराहर बस्छन् । विहानै नजिकैको नदी  पोखरीमा गई स्नान गरेर बेलको पात टिपेर राख्ने चलन छ । त्यसपछि  व्रतालु महिलाहरु झाम्टा नाच नाच्ने गर्छन् । झाम्टा नाच पछि बेलुका नजिकै खोलामा पुगेर पिनाले हातखुट्टा धोएर पूजापाठ गर्छन् । त्यसपछि जितवहनको कथा श्रवणको लागि पिपलको हाँगा काटेर लिएर कथा श्रवण गर्ने स्थलमा गीत गाउदै जाने गर्छन् । रुखको हाँगाको चारैतिर व्रतालु महिलाहरु फलफूल पानी दूध, विहान भिजाएको मास र चामल लिएर बस्छन् । कथा श्रवण गर्दा जुन जुन खानेकुरा राखिएको छ, त्यही खानेकुरा मात्र बेलुकामात्र खान पाइने भएको सबै खाद्य कथा श्रवण गर्दा राख्ने प्रचलन छ । गाउँको कुनै भद्र पुरुषले जितवाहनको कथा जितिया पर्वको कथा घण्टौं लगाएर सुनाउँछ । कथा सकेपछि घरमा सबैजना फलहार गर्छन् ।

नवमीको  दिन

सबैजना सबैरै नजिकैको तालपोखरी नदिमा स्नान गरेर निराकर मूर्ति (जसलाई थारु भाषामा गर्ग्वाङ् भनिन्छ) लाई मासको गेडाले पूजा गर्ने गर्छन् । हरेक व्रतालुहरुले दुईवटा प्रतिमूर्ति निर्माण गर्छन् । उनीहरुले त्यसलाई गाँजर अबिर लगाएर आकर्षक बनाउछन् । अघिल्लो दिन टिपेको बेलको पातले छोपेर पूजा गर्ने चलन छ । खोलाबाट घर आएपछि व्रतालुहरुले दही चिउरा केरा खान बस्छन । तर खानु भन्दा अगाडि गुइठाको अंगारामा काठको धूप बालेर सबै खान्कीको केही अंश चढाएर मात्र खाने गर्छन् । यसलाई पारण भन्छन् । चितवन, नवलपरासी ठाउँतिर थारु समूदायका महिलाहरूले जितियालाई बिजय अर्थात् जितका रुपमा लिदैं तिनदिनसम्म परापूर्वकालको विधिअनुसार जितिया पर्व मनाउने गर्दछन् । यस पर्वमा झाम्टा नाचको साथै डण्डी नाच पनि गर्ने गरिएको छ ।

यस जितिया पर्वमा जितवाहनको पूजा गर्नुको साथै चिल र सिरियानी(स्याल)को पनि पूजा गर्ने गरिन्छ । जितिया पर्वमा जितबहनको कथा श्रवण गर्ने प्रचलन छ ।

जितिया पर्वको महिमामा संग्रहित र आधारित व्रतकथा

एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखरको रुख थियो जसमा पोथी चील चरा बस्थि जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरू दुवै साथी–साथी भए र एकदिन गाउँका अरू महिलाहरूले जस्तै उनिहरूले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनिहरू बस्ने मरुभुमीको छेउस्थित शहरको धनी व्यापारीको छोरालाई ल्याएर गाडिन्छ, चीलले अरू महिलाहरू झैं व्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवन गर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदि–बहिनीका रुपमा जन्मिन्छिन् ।

चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्याल यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरू हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखि र निरास हुन्छिन् । शिलवतीका छोराहरूले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ति केटाहरू आफ्नी दिदिका पुत्रहरू भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवति रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ति सातैजना शिलवतीका पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदिकोमा पठाउने षडयन्त्र गर्दछिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ र ति सातैजना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनिहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ ।

यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरूको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष–उल्लास र खुशियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोच्दछन् ।

दिदीको खुशी सहन नसकि कपुरवती दिदीको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकि थिइन् यो प्रसंग शिलवतीले बहिनीलाई भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक आमाहरूले छोराछोरीको रक्षाका लागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।

यही कथाप्रसंगअनुसार यस पर्वलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यस पर्वमा विशेषगरी आमाले आफ्ना सन्तानको सुख शान्ति र समृद्धिको कामना गर्दै पानीसमेत नखाई भगवान जितबाहनको पूजा आराधना गरी व्रत बस्ने परम्परा छ । साथै अविवाहित महिलाहरूले भने आफूलाई राम्रो वर पाउनको लागि व्रत बस्ने प्रचलन छ ।

जितिया पर्वले एउटी आमाको आफ्नो सन्तानप्रतिको निःस्वार्थ ममता भावनालाई व्यक्त गर्नुको साथै त्यस भावना ममताको शक्तिको स्मरण गराइरहन्छ । यस पर्वले मातृ शक्तिको महत्वको बोध गराउँछ । नेपालमा मात्र नभएर यो पर्व भारतका विहार र उत्तर प्रदेशका हिन्दु महिलाहरूले पनि श्रद्धापूर्वक मनाउँछन् । – संवाद खबर 
 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

कार्तिक ४, काठमाडौँ । हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषक…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…