SamwadKhabar logo

धर्म संस्कृति

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

संवाद खबर

संवाद खबर

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

१८ असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

नवरात्रको पहिलो दिन बिहीवार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । 

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

ब्रह्मचारिणी देवी

ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवी ब्रह्मचारिर्णी मानिन्छ । 

ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा उल्लेख छ । माता ब चारिणीको पूजा गर्नाले मानिसमा सदाचा, त्याग, वैराग्य, र संयमको वृद्धि हुनुको साथै जीवनको कठिन संघर्षमा पनि आफ्नो कर्तव्य पथबाट विचलित हुँदैन । देवीको कृपाले सर्वत्र सफलता र विजय प्राप्त हुन्छ। 

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा  नवरात्रका अवसरमा शक्तिपीठ गई देवीको पूजाआराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

या देवी सर्वभू‍तेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

१८ असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी …