SamwadKhabar logo

तीर्थ परिचय

सपना रोका मगरको अनुकरणीय कार्य

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

सपना रोका मगरको अनुकरणीय कार्य

अनुकरणीय कार्य

विश्वको १०० साहासी महिलाको लिष्टमा परेकी सपना रोका मगरको जीवन प्रसंगका बारेमा आम नेपालीले चासोका साथ हेरिरहेका छन् । हाम्रो नेपाली समाजमा मृत शरीरलाई प्राय छोरा मान्छेले मात्र दागबत्ती दिने चलन रहदै आइरहेको थियो । तर पछिल्लो समयमा केही महिलाहरूले पनि आफ्नो परिवार अर्थात् आमा बुवाको दागबत्ती दिइरहेको विषयका समाचार हामीले पढ्दै आइरहेको छौँ । त्यससंग सम्बन्धित एक फरक विषय जो समाजसेवीको रूपमा लावारीसे लासहरूको स्वयम्ले नै दाह संस्कार गर्ने उनी हुन सपना रोका मगर । म्याग्दी जिल्लाको गाउँमा जन्मिएकी १८ वर्षीय सपना रोका मगर जसले काठमाडौँमा बसेर काठमाडौँको सडकमा भेटिएका लावारिसे लासहरूको स्वयम्ले सङङ्कलन गरेर दागबत्ती दिने गर्छिन । सपना रोका मगर सामान्य गाउँघरमा खेती किसानी गरेर आफ्नो जीविकोपार्जन गर्ने एक साधारण चेलीको आफ्नैै जीवनको अनुकरणीय कार्य प्रसंग प्रस्तुत छ । सामान्य गाउँमा जन्मिएकी उनको पारिवारिक स्थिति राम्रै थियो र उनी पढ्नमा पनि राम्रै थिइन् । उनको परिवारको डाक्टर बनाउने रहर थियो । तर त्यो सपना पुरा हुन सकेन र उनलाई अर्कै रूपमा आज हामीले देखेका छौँ । कुनै समय एसएलसीमा म्याग्दी जिल्ला टप गरेकी सपना रोका मगर आज विविध कारण र परिस्थितीले पशुपतिमा समाजसेवीको रूपमा बेवारिसे लासको व्यवस्थापन गर्न लागेकी छिन् । सानै उमेरमा परिवारको सुख साथलाई बेवास्ता गर्दै गलत संगत साथीभाईको लै–लै र प्रेम जीवनमा परेर आफ्नो उज्यालो भविष्यलाई नदेखी क्षणिक आनन्द रमाइलो खुसी र गलत आदतमा फसेका साथी भाईहरूको सँगतले गर्दा कुलतमा फस्न पुगिन् र प्रेमबाट समेत धोका खाएकी सपना रोका केही समय आफ्नो जीवन अत्यन्त दुखदायी कष्टकर र स्वयम् नै बेवारिसे जस्तो अवस्थामा पुग्नु भएको थियो । साथै जिन्दगीदेखि हार मानेर मृत्युवरण समेत गर्ने अवस्था पुगिसकेकी थिइन् । कुनै व्यक्ति एउटा कष्टकर जीवनबाट गुर्जीएर सुखदायी जीवनमा अवस्य पनि पुग्छन् । हो आज सपना रोकाको अवस्था पनि त्यस्तै छ । यसको अर्थ के हो भने जव सपना रोका सडकमा मागेर खाई रहेकी हिडिरहेकी अवस्थामा पुगिन त्यस्तो अवस्थामा उनलाई एक सामाजिक अभियान्ता विनय जङ बस्नेतज्यूको टिमले उद्धार गर्‍यो र सपनालाई जीवनको मूल्य र नयाँ जीवनदान दिएका थिए । कयौँ दिन, कयाँै रात सडकको बालबालिकाहरूसंग आफ्नो जीवन गुजारा गरेर बसेकी सपना रोका आज त्यही हिजो आफुले भोगेको जस्तो कष्ट अरूले भोग्न नपरोस् भनेर कसैको राम्रो साथ र सहयोग पाएर सडकमै बेवारिसे रूपमा भेटिएको लास र बालबालिकाको उद्धार र व्यवस्थापनको कार्यमा खटेकी छिन । यही साहसी काम र कारणले गर्दा उनलाई आज विश्वले एक शाहसी महिलाको रूपमा चिन्न सफल भएको छ । सपना रोका मगर जसले अन्य महिलाभन्दा फरक सोच र चिन्तनका साथ जुन काम सुरूवात गरिन, त्यो जो कोही महिला वा पुरूषले पनि गर्न सक्दैनन् जुन कामका कारणले गर्दा आज उनलाई द्यद्यऋ ले विश्वको १०० शक्तिशालि र शाहासी महिलाको नामबाट सम्मान गरेको छ । हाम्रो नेपालको गौरवलाई उच्च राख्न सफल भएकी छिन् । आज हरेक नेपालीले उनलाई निडर शाहासी प्रभावशाली र सबै महिलाहरूको उदाहरणको रूपमा चिन्छिन् । वास्तवमै मृत शरीर छुन, उठाउन जो कोही पनि डराउँछन्, तर्सिनछन् तर उनी एउटा निडर नारी भई हिम्मतजुटाएर शहासी भई बेवारिसे लासहरूलाई विगत तीन वर्षदेिख निरन्तररूपमा पशुपति आर्यघाटमा व्यवस्थापन गर्दै आईरहेकी छिन् । त्यो कुरा आज सबैको लागि उदाहरणीय बनेको छ । साभार: स्टुडेन्टस् कन्सेप्ट द्धैमासिक पत्रिकाबाट

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …