SamwadKhabar logo

               

तीर्थ परिचय

विदेशीको लगानीमा धर्म संस्कृतिमाथि आक्रमण

संवाद खबर

संवाद खबर

विदेशीको लगानीमा धर्म संस्कृतिमाथि आक्रमण
राष्ट्रदेव, ऋषि मर्हर्षिहरूको भूमि नेपाल हो । यहाँको हरेक मानिसहरू ऋषि मर्हर्षिहरूका सन्तान हुन् । नेपाल वैदिक सनातन हिन्दु राष्ट्र हो । यहाँको संस्कार, संस्कृति, सभ्यता, इतिहास यही देशको माटो सुहाउँदो छ । यो देशको माटोको विचार भनेको वसुधैव कुटुम्बकम्मा आधारित रहेकोे छ । विश्व नै एक परिवार हो भन्ने भावनाको साथ यहाँको समाज, जनजीवन चलिरहेको छ । यहाँका हरेक मानिसहरूमा भगवान्प्रति अटुट विश्वास र आस्था रहेको छ ।
नेपालमा आजको दिनमा हेर्ने हो भने ९४ प्रतिशत ॐकार परिवार सहित वैदिक सनातन धर्म मान्ने मानिसहरू बसोबास गर्दछन् । त्यसैले नेपाल विश्वको एक मात्र वैदिक सनातन हिन्दु राष्ट्र हो  ।
यहाँ हरेक दिन भगवान्को नाम जपेर आफ्नै दैनिकी कार्यहरू प्रारम्भ गर्ने गर्दछन् । नेपाललाई सुन्दर मन्दिरै मन्दिरको शहरका रूपमा पनि चिनिन्छ । यहाँका विश्व प्रसिद्ध तीर्थ स्थलहरू भगवान् पशुपतिनाथ, लुम्बिनी, जानकी मन्दिर लगायत अन्य मन्दिरहरू जुन चिजले विश्वको ध्यान केन्द्रित गरेको छ । नेपालमा आजको दिनमा हेर्ने हो भने ९४ प्रतिशत ॐकार परिवार सहित वैदिक सनातन धर्म मान्ने मानिसहरू बसोबास गर्दछन् । त्यसैले नेपाल विश्वको एक मात्र वैदिक सनातन हिन्दु राष्ट्र हो । यहाँका बहुसंख्यक मानिसरू सनातन धर्म मान्दछन् । नेपालमा रहेका विविध सांस्कृति र धार्मिक मठ मन्दिहरूको कारणले गर्दा यहाँ लाखौं मानिसले स्वरोजगार प्राप्त गरिरहेका छन् । नेपालको पूर्वमा ताप्लेजुङको पाथिभरा मन्दिरदेखि पश्चिममा डडेल्धुराको उग्रतारा मन्दिर त्यतिकै प्रसिद्घ तीर्थ स्थलको रूपमा चीर परिचित छन् । आज नेपालको हरेक जिल्लामा त्यस्ता धार्मिक केन्द्रहरू, मन्दिरहरू छन्, जसले त्यस क्षेत्रको हरेक जनजिविकालाई प्रत्यक्ष असर पारिरहेको छ । यहाँका हरेक मानिसहरू आफ्ने क्षेत्रमा हरेक प्रसिद्घ तीर्थस्थल तथा मन्दिरको नामबाट आफ्नो क्षेत्र र आफ्नो परिचय दिने गर्दछन् । उदाहरणका लागि हेर्ने हो भने जनकपुरको जानकी मन्दिर जसको नामबाट त्यहाँका मानिसहरूले आफ्नो परिचय दिने गर्दछन् । त्यति मात्र होइन त्यहाँका हरेक व्यवसाय त्यसैको नामबाट चलेको छ । चाहे सानो मिठाई पसल होस् या ठूलो कलेज या कुनै बस सेवा नै किन नहोस् त्यस क्षेत्रको प्रसिद्घ धार्मिक स्थल तथा मन्दिरको नामबाट सञ्चालन भइरहेका छन् । हामीले हाम्रो देशको जति पनि स्वरोजगारको क्षेत्रहरू जस्तै स्कुल, कलेज, होटल, कपडा व्यवसायी, बस व्यवसायी, हस्पिटल तथा ग्रिल उद्योग, सिमेन्ट उद्योग खाद्यन्न भण्डार लगायत अनेकौं व्यवसायहरू जुन नेपालको प्रसिद्व मन्दिरहरूको नामलाई आफ्नो ब्राण्ड नाम दिएर सञ्चालन गरी रहेका छन् । साथै त्यही मन्दिर भएकै कारणले गर्दा त्यस मन्दिर क्षेत्र वरिपरि र त्यस जिल्लाकै व्यवसाय चलिरहेको छ । उदाहरणका लागि यदि काठमाडौंमा पशुपतिनाथ मन्दिर नहुने हो भने यहाँका हजारौं होटल व्यवसाय, फूल व्यवसाय, किराना पसलहरू, तरकारी पसलहरू, ट्राभल एजेन्सी कम्पनीहरू, बस व्यवसायीहरू लगायत अनेकौं व्यवसाय जसले गर्दा आज लाखौं मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेका छन् । ती व्यक्तिहरू आज कति सडकमा भिख मागेर हिडिरहेका हुन्थे भने कति अरबको खाडीमा हुन्थे । यो अवस्था यहाँ मात्र होइन, यो त पूर्वमा ताप्लेजुङदेखि पश्चिममा बैतडीसम्म नै त्यसै गरी आफ्नो रोजगारी सिर्जना गरी जीविकोपार्जन गरिरहेका छन् । पाशुपत क्षेत्रमा हेर्ने हो भने, भगवान् पशुपतिनाथकै कारण लाखौँ मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगार पाई रहेका छन् । प्रसिद्वस्थल तथा मन्दिरहरू देशको ६० भन्दा बढी जिल्लामा रहेका छन् । ती सबै क्षेत्रलाई हेर्ने हो भने त्यस क्षेत्रका मन्दिरबाट पुरा देशभर १० औँ लाख भन्दा बढी मानिसहरूले रोजगारी सिर्जना गरी दैनिकी चलाई रहेका छन् ।
“फुटाउ र राज गर” भन्ने सिद्धान्तले आज वर्षौदेखि एउटै समाजमा, एउटै परिवारमा रमाएर बसेका नेपालीहरूलाई जातजातिको नाममा, धर्मको नाममा, संस्कृतिमा विकृति भित्राएर समाजलाई विखण्डको बाटो तर्फ अगाडि बढाइरहेका छन् ।
आज हामीले विडम्बना पूर्वक भन्नुपर्छ केही समय अगाडिदेखि नेपालको सम्पूर्ण राजनीतिक दलका नेताहरूले विदेशीको पैसा खाएर यो देशको धार्मिक, सांस्कृतिक परम्परालाई पूर्णरूपमा निस्तेज पारेर विदेशीको संकृतिलाई स्थापित गर्न निरन्तर रूपमा लागि परेका छन् । नेपाली जनताको आस्था र विश्वास माथी नेपाली राजनीतिक नेतृत्वले निरन्तररूपमा प्रहार गदै आइरहेका छन् । पश्चिमाहरूको “फुटाउ र राज गर” भन्ने सिद्धान्तले आज वर्षौदेखि एउटै समाजमा, एउटै परिवारमा रमाएर बसेका नेपालीहरूलाई जातजातिको नाममा, धर्मको नाममा, संस्कृतिमा विकृति भित्राएर समाजलाई विखण्डको बाटो तर्फ अगाडि बढाइरहेका छन् । हाम्रो नेपाली धर्म र संस्कृतिमा विविध समस्याहरू देखाई हाम्रो देशको राजनीतिक दलका नेतृत्वहरूलाई पैसामा खरिद गरी, शिक्षामा संस्कार, संस्कृति र नैतिक नैतिक शिक्षालाई हटाई, विस्तारै–विस्तारै यँहाका दुर्गम क्षेत्रका मानिसहरूलाई एन.जि.ओ र आइ.एन.जि.ओ को माध्यमबाट धर्म र संस्कृतिमा भ्रम पैदागरी आज उनीहरू सफल हुँदै छन् । बि.स.१८०० तिर पृथ्वीनारायण शाहको पालामा ७ जना विदेशी केपुजी पादरीहरू लुकेर नेपालमा धर्म प्रचारका लागि आएका थिए । त्यति खेरको समयमा त्यो कुरो पृथ्वीनारायण शाहले थाहा पाए पश्चात् उनीहरूलाई नजरबन्द गरी केही समय पछि देश निकाला गरेका थिए । उनीहरूलाई शरण दिने इसाई धर्मलाई बढवा दिने पद्यरत्न तुलाधरको बाजे बराजुहरूलाई समेत देश निकाला गरेको भन्ने पाइन्छ । त्यसको ठीक २ सय ५० वर्षभन्दा बढी बर्षको इतिहासलाई हेर्दा उनीहरूले राज्यको सम्पूर्ण अंगलाई आफ्नो नियन्त्रणमा लिएर आफ्नो अनुकुलको कार्यहरू निरन्तररूपमा गरिएका छन् । यहाँ हामीले के कुरा बुझन सक्छौँ भने विदेशी शक्तिले एउटा सभ्यता सिध्याउन सायौं वर्षदेखि निरन्तररूपमा आफ्नो कार्यलाई जारी राखेका छन् । हाम्रो देशमा हाम्रै नागरिकबाट हाम्रो सभ्याता मास्ने योजनामा आज उनीहरू पूर्णरूपमा सफल हुदैछन् ।
नेपालको शिक्षा नीति, स्वाथ्य नीति, अर्थ नीति, राजनीति, वैदेशिक नीति, लगायतका महत्वपूर्ण नीतिहरू उनीहरूले आफ्नो आवश्यकता र चाहाना अनुसार बनाई रहेका छन्
वर्तमान समयमा नेपालको शिक्षा नीति, स्वाथ्य नीति, अर्थ नीति, राजनीति, वैदेशिक नीति, लगायतका महत्वपूर्ण नीतिहरू उनीहरूले आफ्नो आवश्यकता र चाहाना अनुसार बनाई रहेका छन् । अझ हामीले सुन्ने गरेका छौँ नेपालको संविधान पनि विदेशीहरूले नै लेखेर यो देशको केही उच्च तहका राजनीतिक नेताहरूलाई केही हदसम्म संशोधन गर्न दिएर संविधान निर्माण गरिएको भन्ने कुरा हामीले राजनीतिक विश्लेषकहरूबाट सुन्ने गरेका छौँ । अन्त्यमा यो सबैको निष्कर्ष के हो भने, नेपालको हजारौँ वर्षको पुरानो संस्कृतिलाई पूर्णरूपमा सिध्याई पश्चिमाहरू नेपाललाई आफ्नो गुलाम बनाउन खोजिरहेका छन् । अङ्ग्रेजहरूले लडाईका क्रममा जित्न नसके पश्चात् आज नेपालको शिक्षा, धर्म, संस्कार र संस्कृति माथी आक्रमण गरेर उनीहरू नेपाललाई गुलाम बनाउन खोजि रहेका छन् । यदि नेपाली राजनीतिक नेतृत्वकर्ताहरू यस षड्यन्त्रबाट सचेत र जानकार भएनन् भने अब छिटै यो देश पश्चिमाहरूको गुलाम नबन्ला भन्न सकिदैन । देशको धर्म, संस्कृति, रितिरिवाज र परम्परालाई क्रमश नष्ट पार्ने योजनामा पश्चिमाहरू रहेको बुझ्न सकिन्छ ।
(लेखक प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय मिडिया प्रमुख हुनुहुन्छ साथै छात्र विचार पत्रिकाको उप–सम्पादक हुनुहुन्छ । )

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

यो पनि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …