SamwadKhabar logo

               

युवा

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

देवराज रिजाल

देवराज रिजाल

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा
साउन १९, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । आज उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेटको यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भनेका छन् । खड्काका अनुसार नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरे । उनले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाएका थिए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा शतक प्रहार गर्न सफल भएका खड्काले १० एकदिवसीय खेलमा नौ विकेट लिएका थिए भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…