SamwadKhabar logo

               

वाग्मती प्रदेश

चोरी भएका मूर्ति भेटियो

देवराज रिजाल

देवराज रिजाल

चोरी भएका मूर्ति भेटियो
साउन २०, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकास्थित–६ बज्रबाराहीबाट गएराति बाराहीलगायत विभिन्न १३ देवीदेवताका चोरी भएका मूर्तिहरु भेटिएका छन् । ती मूतिहरु प्रहरी र स्थानीयवासीको सक्रियतामा थाहा नगरपालिका–१० नौखण्डे चोकमा कालो झोलामा पोका पारेको अवस्थामा फेला परेको छ । थाहा नगरपालिका– ६ स्थित धामी सुनिलकुमार महर्जनको घरमा राखिएका मूर्ति गएराति २ बजेतिर चोरी भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिएका छन् । मूर्ति चोरी भएको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट प्रहरी परिचालन गरिएको थियो । पालुङ प्रहरीका अनुसार खोजी गर्ने क्रममा चोरी भएका मूर्ति थाहा नगरपालिका १० नौखण्डे चोकमा कालो झोलामा पोका पारेको अवस्थामा फेला परेको हो । चोरी भई फेला परेका मूर्ति धामी सुनिलकुमार महर्जनलाई नै जिम्मा लगाइएको छ । दुईवटा ढकीमा कपडाले पोको पारेर राखिएका मूर्ति तीन जनाले धामीकी श्रीमती कान्छी महर्जनको आँखामा खुर्सानीको धुलो छ्यापेर चोरी गरी भागेका थिए । चोरी भएका मूर्तिमा बाराही, गणेश, कुमारी, इन्द्रायणी, भैरव, ख्याग, लगायतका छन् । ती मूर्ति तीन वर्षे जात्रामा धामीको घरबाट विधिवत् रुपमा मन्दिरमा लगेर पूजा गरिन्छ । करीब ७० वर्ष अगाडि प्राचीन मूर्ति चोरी भएपछि हालका मूर्ति ल्याइएको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

४ कार्तिक, काठमाडौँ । आइतवार बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ न…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी म…

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

११ असोज, काठमाडौं । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित …