SamwadKhabar logo

               

वाग्मती प्रदेश

एसईईको नतिजा ३/४ दिनभित्र आउने

देवराज रिजाल

देवराज रिजाल

एसईईको नतिजा ३/४ दिनभित्र आउने
साउन २२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आगामी हप्ताभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेकोे जानकारी दिएका छन् । एसईईको मूल्यांकन प्रगतिबारे प्राविधिक सम्पादन मात्रै बाँकी रहेको अध्यक्ष पौडेलले बताएका छन् । परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार जिल्लाबाट प्राप्त भएका मूल्यांकन विवरण ‘इन्ट्री’को काम सकिएको र विद्यार्थीले प्राप्त गरेका अङ्कको आधारमा ग्रेडहरू मिलाउने लगायत प्राविधिक काम बाँकी रहेका छन् । उनले यो शुक्रवारसम्म एसईईको नतिजा निकाली सक्ने दावी गरेका छन् । निषेधाज्ञाका कारण गत २७ वैशाखमा एसइई परीक्षा स्थगित भएको थियो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएको कारणले गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा हुन नसकेपछि जेठ १७ मा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत मूल्यांकन तोकेको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

४ कार्तिक, काठमाडौँ । आइतवार बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ न…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी म…

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

११ असोज, काठमाडौं । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित …