SamwadKhabar logo

               

कला / साहित्य

आमाको माया छात्रावासको केन्द्रिय कार्यालय उद्घाटन

देवराज रिजाल

देवराज रिजाल

आमाको माया छात्रावासको केन्द्रिय कार्यालय उद्घाटन
भदौ १७, काठमाडौं । दुर्गमक्षेत्रका जनजाति समुदायका गरिब तथा अतिविपन्न परिवारका बालबालिकाहरुको पठनपाठन तथा गाँसबाँसको लागि विभिन्न दाताहरुको सहयोगमा वीरगन्ज १० बजरंगटोलमा निर्माण गरिएको जनजाति कल्याण आश्रम अन्तरर्गत आमाको माया छात्रावासको केन्द्रिय कार्यालयको आज भव्य रुपमा उद्घाटन गरिएको छ । दाताहरुको सहयोगमा उपलब्ध गराईएको करिब २४ धुर जग्गामा ८० लाखको सहयोगमा आमाको माया छात्रावास निर्माण सम्पन्न भएको थियो । भवन निर्माण पुर्णरुपमा सम्पन्न भएपनि बिहिबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । छात्रावासको भवनमै आयोजना गरिएको समारोहमा जनजाति कल्याण आश्रम, नेपालको केन्द्रिय कार्यालयको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक श्री सोमायाजुलू र वरिष्ठ समाजसेवी मुरलीधर रुगंटाले संयुक्त रुपमा उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर विजय कुमार सरावगीले पश्चिमीहरुको प्रभावले गर्दा नेपालको मुलधर्म संस्कृति संकटमा पर्न थालेको बताए । उनले ईसाई मेसिनरीले गरिब विपन्नताको मौका उठाएर धर्मसंस्कृति माथि ठाडौ प्रहार गर्ने काम गरेको हुनाले यसको मुहतोड जवाफ दिनुपर्छ भनेका छन् । मेयर सरावगीले जनजाति कल्याण आश्रमले आमाको माया छात्रावास मार्फत गरिब तथा अतिविपन्न परिवारको शिक्षादिक्षा तथा बाँसगाँसको लागि पु¥याउँदै आएको योगदान सराहनी रहेको बताए । उनले वीरगन्ज महानगरपालिकाबाट सहयोग गर्न नसकेपनि आउँने दिनमा व्यक्तिगत रुपमा यस्ता पूण्यकार्यको लागि योगदान पु¥याउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक श्री सोमायाजुलूका अनुसार छात्रावासको परम्परा नयाँ नभई पुरानो ऐतिहासिक गुरुकुलको नामले वनवास क्षेत्रमा संचालन हुदै आएको र गुरुकुल मार्फत छात्रछात्रालाई वेद तथा रामायाणको बारेमा शिक्षा प्रदान गरि असल व्यक्तिको निर्माण गर्ने काम गरेको बताए । उनले छात्रावासबाट शिक्षादिक्षा प्राप्त गरी असल व्यक्ति बनेका व्यक्तिले देश, समाज र जनताको हितमा काम गर्ने गरेका बताए । जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले जनजाति कल्याण आश्रमले देशमा रहेका ३८ प्रतिशत रहेको जनजाति समुदाय मध्ये केहि प्रभावित जनजातिहरुलाई मुल प्रभावमा ल्याउँने काम गरीरहेको बताए । उनले, दुई दशक अगाडी वीरगन्जबाट शुरु गरिएको छात्रावास अहिले देशको विभिन्न १० वटा जिल्लामा संगठन विस्तार गरी ३० जिल्लाका शिक्षा क्षेत्रको पहुँचबाट टाढा रहेका संयौं बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएको बताए । जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गलका अनुसार जनजातिहरुलाई ईसाईहरुले लक्षित गरेर करोडौँ अरर्बौँ रुपमा लगानी गरेर समाजबाट अलग गर्ने प्रयास गरेका छन । उनले हाम्रो समाजलाई बचाउँनको लागि छात्रावास सगै जनजाती कल्याण आश्रमबाट योगदान पु¥याउँन र ईसाईहरुले फैलाउँदै आएको भ्रमलाई चिर्ने काम पनि गर्दै आएको बताए । आमाको माया छात्रावासका अध्यक्ष भवंरलाल पारिकको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जनजाति कल्याण आश्रमका अध्यक्ष सुरेश रुंगटा, वरिष्ठ उद्योगपति मुर्लीधर रुगंटा, अशोक बैध, वडा नम्बर १० का वडा अध्यक्ष रामनगिना साह लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकारहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…