SamwadKhabar logo

कला / साहित्य

‘स्वर कोकिला’ लता मंगेशकरको निधन

संवाद खबर

संवाद खबर

‘स्वर कोकिला’ लता मंगेशकरको निधन
भारतकी प्रख्यात गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । गत जनवरीमा कोरोना पोजेटिभ देखिएपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई निमोनिया भयो । उनको अवस्था नाजुक भएपछि भेन्टिलेटरमा राखिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटर सपोर्ट पनि हटाइयो । तर फेब्रुअरी ५ मा उनको अवस्था बिग्रन थालेपछि उनलाई फेरि भेन्टिलेटरमा राखिएको थियो । अन्ततः फेब्रुअरी ६ मा ‘स्वार कोकिला’ ले अन्तिम सास फेरिन् । लताको निधनमा भारतलगायत विश्वभरका व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताजीका तस्विरहरू ट्विट गर्दै लेखेका छन्, ‘दयालु र सबैको ध्यान राख्ने लता दीदीले हामीलाई छोडेर गइन् । उनले हाम्रो देशमा यस्तो खाली ठाउँ छोडेकी छिन् जुन कहिल्यै भरिनेछैन ।’ केन्द्रीय मन्त्री नितिन गडकरीले लेखेका छन्, ‘उनको निधनले देशलाई अपूरणीय क्षति पुगेको छ । उनी सधैं सबै संगीत साधकहरूको लागि प्रेरणा हुन्।’ ‘स्वर साम्राज्ञी’ मंगेशकरले सन् १९४२ मा मात्र १३ वर्षको उमेरमा आफ्नो करियर सुरु गरेका थिइन् । उनले हालसम्म धेरै भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइसकेकी छिन् । उनलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट पनि सम्मानित गरिएको छ। यसबाहेक उनी पद्मभूषण, पद्मविभूषण र दादासाहेब फाल्के पुरस्कारबाट पनि सम्मानित भइसकेकी छिन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…