SamwadKhabar logo

               

अर्थ व्यवसाय

देशभर घरजग्गाको कारोबारओरालो लाग्यो

देवराज रिजाल

देवराज रिजाल

देशभर घरजग्गाको कारोबारओरालो लाग्यो
३ फागुन, काठमाडौं । देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ। २०७७ को माघमा घर जग्गाको कारोबारबाट छ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ।गत माघ मसान्तसम्म पाँच अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ बराबर राजस्व सङ्कलन भएको छ। घर जग्गाको कारोबारमा मन्दी बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण आएको छ। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले पनि घर जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रुपमा टिप्पणी गरेको छ र यस्तै, नेपाल राष्ट्र बैंकले पनि केही समय पहिले घर जग्गाको कारोबारका बारेमा छ्ट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। विभागका अनुसार देशभर रहेका कुल १२६ मालपोतमध्ये काठमाडौँ उपत्यकामा रहेका नौ वटा मालपोत कार्यालयमा हुने घर जग्गाको कारोबारसम्बन्धी विवरण धेरै रहेको छ। गत माघमा देशभर भएका घर जग्गाको कारोबारबाट मात्रै रु। एक अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ बराबरको लाभकर उठेको छ। रजिष्ट्रेशन दस्तुरबाट गत माघमा तीन अर्ब ३१ करोड ८९ लाख ५० हजार ८१७ बराबरको राजस्व उठाएको विभागले २०७७ माघमा रु। तीन अर्ब ७६ करोड ८८ लाख ३१ हजार ९७० बराबरको रारजस्व उठाएको थियो। कलङ्की मालपोत कार्यालयले २०७७ माघमा ४३ करोड ७६ लाख ६६ हजार ४८६ राजस्व सङ्कलन गरेकामा गत माघमा ३९ करोड १३ लाख ८७ हजार ९९३ सङ्कलन गरेको छ। साँखु मालपोत कार्यालयले २०७७ माघमा रु। १३ करोड ३८ लाख ४० हजार ५८८ बराबरको राजस्व सङ्कलन गरेकामा गत माघमा १४ करोड ३४ लाख ४२ हजार ४४४ सङ्कलन गरेको छ। मनमैजु मालपोत कार्यालयले २०७७ माघमा १४ करोड ३२ लाख सात हजार ९०१ बराबरको राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा ११ करोड ४२ लाख ८३ हजार ३०४ बराबरको आम्दानी गरेको छ। टोखा मालपोत कार्यालयले २०७७ माघमा रु। १२ करोड ३३ लाख ७३ हजार २३६ राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा रु। नौ करोड ४१ लाख २४ हजार ३५९ बराबर राजस्व सङ्कलन गरेको छ। ललितपुरमा दुई वटा मालपोत कार्यालय छन्। त्यसमा लगनखेल र गोटीखेल मालपोत कार्यालयले सङ्कलन गर्ने राजस्व घटेको छ। लगनखेल मालपोत कार्यालयले २०७७ माघमा ६४ करोड ११ लाख ७५ हजार १८६ राजस्व सङ्कलन गर्दा गत माघमा घटेर रु। ५४ करोड ३६ लाख ६० हजार ६८९ मा सीमित भएको छ। गोटीखेल मालपोत कार्यालयले २०७७ माघमा रु। १३ लाख २२ हजार ४१४ बराबरको राजस्व सङ्कलन गर्दा गत माघमा घटेर रु। १० लाख तीन हजार ५६३ मा सीमित भएको छ। भक्तपुर मालपोतको पनि राजस्व सङ्कलनमा गिरावट आएको छ। यसबाट घर जग्गाको कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ। सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ। सो प्रणालीको प्रयोग गरेर बैंक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन्।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…