SamwadKhabar logo

               

अर्थ व्यवसाय

खाने तेलमा प्रतिलिटरमा ४० रुपियाँसम्मको उच्च मूल्य वृद्धि

देवराज रिजाल

देवराज रिजाल

खाने तेलमा प्रतिलिटरमा ४० रुपियाँसम्मको उच्च मूल्य वृद्धि
६ फागुन, काठमाडौँ । खाने तेलको मूल्य पछिल्लो एक महिनाको बीचमा प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार सङ्घले भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको जनाएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ । सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपियाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपियाँ बढेर ३७० रुपियाँ पुगेको छ । यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपियाँ, सूर्यमुखी तेलको २६० र तोरीको तेल (भुटेको)को ३४५ रुपियाँ पुगेको छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढ्यो भन्दै तेल उद्योगीले अनावश्यक मूल्य बढाउँदा सरकार रमिते बनेको आरोप लगाउनुभयो । “अहिले तेलको मूल्य कार्टोनमा १०० देखि १५० रुपियाँसम्म बढेको छ । अहिले उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण वस्तुको मूल्य बढेको छ । बजार अनुगमन र नियन्त्रण गर्ने नियामक निकाय नै लामो समयदेखि नेतृत्वविहीन बन्दासमेत सरकारले ध्यान दिएको छैन । सरकार नै मूल्य बढाउने पक्षमा भएकोजस्तो देखिन्छ,” उहाँले भन्नुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको अस्वाभाविक मूल्य बढाउने उद्योगको विवरण मागेर अध्ययन सुरु गरेको छ । पछिल्लो पटक खाने तेलको अस्वाभाविक मूल्य बढेको गुनासो आएपछि विभागले उद्योगीसँग विवरणमा माग गरेर अध्ययन थालेको जनाएको छ । विभागका निर्देशक हरि पङ्गेनीले खाने तेलको मूल्य बढेको धेरै गुनासो आएपछि केही उद्योगको अध्ययन गर्दा ३–४ प्रतिशत मूल्य बढेको देखिएको बताउनुभयो । अस्वाभाविक मूल्य देखिएको अवस्थामा उद्योगसँग थप विवरण माग गरेर विभागले अध्ययन गर्दै गरेको उहाँले बताउनुभयो । “गलत नियतले एकै रुपियाँ पनि ठगी गरेको छ भने त्यस्ता उद्योगी कसुरअनुसार कारबाहीको भागिदार हुनैपर्छ,” उहाँले थप्नुभयो । उहाँले विवरण बुझाउन अटेर गर्ने व्यापारीले असहयोग गरेमा कारबाही हुने बताउनुभयो । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार २०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ र तेलको मूल्य २१ दशमलव २२ प्रतिशत बढेको छ । उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशीबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनु परेको बताउँदै आएका छन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…