SamwadKhabar logo

               

विश्व

दोनेत्स्क र लुहान्स्कलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता

देवराज रिजाल

देवराज रिजाल

दोनेत्स्क र लुहान्स्कलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता
फागुन १०, काठमाडौँ ।मस्को — पूर्वी युक्रेनमा स्वघोषित क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई रुसी राष्ट्रपति पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका छन् । ती दुवै क्षेत्रलाई रुसी समर्थक विद्रोहीहरूको वाहुल्य भएको राज्यको रुपमा चिनिन्छन् । राष्ट्रपति पुटिनले गत राति मस्कोमा त्यस सम्बन्धी घोषणामा हस्ताक्षर गर्दै रुससँग सीमा जोडिएको त्यस क्षेत्रमा ‘शान्ति स्थापना’ गर्न सैनिक परिचालन गरेका छन् । रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनका दुई वटा पृथकतावादी क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । २०१४ देखि नै युक्रेनविरुद्ध लड्दैआएका ती क्षेत्रलाई पुटिनले युक्रेनसँग दुश्मनी बढिरहँदा नयाँ घोषणा गरेका हुन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने देशको सीमा पूर्ववत रहने बताएका छन् । उनले रुसी घोषणाले युक्रेनको सार्वभौमिकता र अखण्डतालाई चुनौती दिएको बताएका छन् । साथै रुससँग नडराउने उनको चेतावनी छ । यसैबीचमा युक्रेनमा विकसित भएको पछिल्लो घटनाक्रमलाई लिएर संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको बैठक बोलाइएको छ । युक्रेनले सो बैठकमा आफ्नो देशको प्रतिनिधि पनि समावेश गर्नुपर्ने माग गरेको छ । रुस सुरक्षा परिषदको स्थायी राष्ट्र भएको कारण कुनै पनि निर्णयविरुद्ध भिटो प्रयोग गर्न सक्ने अधिकार राख्छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…