SamwadKhabar logo

               

विचार

‘ प्रेस स्वातन्त्रता र अस्तित्व’

संवाद खबर

संवाद खबर

‘ प्रेस स्वातन्त्रता र अस्तित्व’
भीम लामा । स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रकारले स्तन्त्रता रुपले काम गर्न सक्ने वातावरणलाई प्रेस स्वतन्त्रता भन्न सकिन्छ । प्रेस स्वतन्त्रता राज्य सर्वज्ञानिक आधिकारीको हस्तक्षेप विना छाप्न र प्रकाशन गर्न पाउने अधिकार नै प्रेस स्वतन्त्रता हो । आम सञ्चार जसले सम्पूर्ण जनसामुदायलाई सूचनाको हक प्रदान गर्दछ । अधिकार र काम कर्तव्यको नीति सिकाउछ, समाज र राष्ट्रकै विकास परिवर्तनमा सहयोग पु¥याउदछ । जसले मानव अधिकारको कुरालाई उठाइ त्यसको उत्थानको कार्यमा समेत संलग्न रहेको हुन्छ । आम सञ्चार तथा पत्रकारिता सूचना सम्प्रेसन गर्ने माध्यम भएकोले राष्ट्रकै चौथौँ अंगको रुपमा स्थापित कुरालाई वर्तमान समयमा मर्नु न वाँच्नको अवस्थमा पु¥याइरहेको छ । पछिल्लो समयमा प्रेस स्वतन्त्रताको नाममा कालो कर्तुत गर्दै प्रेस जगतकै धज्जी उठाउँदै हिड्नेहरुको जामत पनि मौलाईरहेका छन् । जबसम्म लोकतन्त्रको आधार प्रेस स्वतन्त्रको अधिकार खोज्नेहरु इमान्दार बन्न सक्दैन तबसम्म सञ्चार क्षेत्रमा परिवर्तन आउन कठिनाई हुन्छ । आफ्नो कर्तव्य र इमान्दारितालाई बिर्सिनेहरुले गर्दा प्रेस जगतमा धुमिल आएको छ । समाचारजन्य वस्तुलाई कपोकल्पित तुल्याई समाचारकै मर्मलाई कुरुप पार्दै जनतालाई भ्रम छर्ने प्रवृत्तिको अन्त्यका लाई प्रेस स्वतन्त्रको पक्षाधार लाग्न जरुरी छ । सञ्चारगृह तथा सञ्चारकर्मीलाई समाजका हरेक नागरिकले पूर्वग्राही रहित सहि सूचना दिई सूचना संकलन तथा सम्प्रेसनमा सहयोगी भूमिका निभाउन आवश्यक छ । नागरिक र सरकारवीच समन्वयात्मक भूमिका निभाई सञ्चारगृह र सञ्चारकर्मीले चुनौती र संकटवीच समाधानका उपाय खोज्ने कार्य गरिरहेका हुन्छन् । हरेक सञ्चारकर्मीले आफ्नो पेसालाई मर्यादित बनाई स्वच्छ र पवित्र कर्म थलोको रुपमा लिदाँ सञ्चार जगतमा परिवर्तन र सबैको विश्वासनीयता बढ्दै जानेछ । सञ्चारकर्मीले अहिले विश्वभर फैलिएको (कोभिड–१९) कोरोना भाइरसको त्रासमा रहेको नेपाली समाजलाई सहि सूचना तथा जानकारी प्रदान गर्दै आईरहेका छन् । सूचनासंगै खबरदारीका आवाजलाई बुलन्द पार्दै समृद्ध राष्ट्र निर्माणमा योगदान प्रदान गरिरहेका छन् । कतिपय नीजि क्षेत्रबाट सञ्चालित सञ्चारगृहहरु (छापा माध्यम), रेडियो, एफ्.एम् लगायत अनलाईन मिडिया हाउसहरु व्यवसायिक विज्ञापनको भरमा रहेको हुन्छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल लकडाउन हुँदा त्यसको प्रत्यक्ष प्रभाव मिडिया हाउसलाई परेको छ । मिडिया हाउसलाई पनि मूल्यांकन गरी उचित व्यवस्थापनको लागि राज्य लाग्नुपर्दछ । जसले हजारौ सञ्चारकर्मीको रोजगारीमा समस्या आउने स्थिति आईसकेको अवस्थामा राज्यको तर्फबाट सञ्चारगृह तथा सञ्चारकर्मीका लागि गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । समय समयमा सञ्चार क्षेत्रलाई हस्ताक्षेप गरिने कार्य पनि भईरहेको छ । सूचना संकलनमा गएका सञ्चारकर्मीलाई नै दूरव्यवहार गरेको थुप्रै घटनाहरु आउन भईरहेको छ । पछिल्लो समयमा संघीय संरचनाको मर्मअनुरुप स्थानीय तहका सरकार र तीनीहरुले गर्ने गतिविधिमा प्रार्यप्त सूचना सार्वजानिक नगरेको अवस्थामा सञ्चारकर्मीहरुले आवश्यक सूचना माग्दा समेत दूव्र्यहार र अपमान खेप्नु परेको छ । यस्तो परिस्थितिमा पनि आफ्नो ईमन्दारितालाई आत्मासाथ गर्दै सञ्चार क्षेत्रमा कलम चलाएका सञ्चारकर्मीको मर्मलाई बुझ्ने प्रयास सम्बन्धि निकायले गर्न सकिरहेको छ । नेपालमा रहेका सबै वर्ग र प्रकारका प्रेस मिडियाहरु त्रसित बन्दै गएको छ । यसले त मानव अधिकार र स्वतन्त्रतालाई गुमाएको अनुभूति प्राप्त गर्दछ । नेपालमा विभिन्न कालखण्डमा प्रेसलाई बचाई राख्न विभिन्न नीती नियम बनाइयो वस्तावमा त्यो नीति लागु हुन सकेन । मूलुकमा जस्तो सुकै संकट र परिस्थितिमा विचल्लित नभई आफ्नो कर्ममा दिनरात खटिरहने सञ्चारकर्मी र खटाईरहने सञ्चारगृहलाई राज्यले उचित राहत व्यवस्था हुने गरी मूल्यांकन गर्न आवश्यक छ ।  लोकतन्त्रलाई गतिशील र जीवनता बनाउन पनि प्रेस स्वतन्त्रताको आवश्यक हुन्छ । जहाँँ लोकतन्त्र हुन्छ त्यहाँ अभिव्यक्ति हुने गर्दछ । प्रेस स्वतन्त्रताविना खुल्ला समाजको गर्न सक्दैन । प्रेस स्वतन्त्रता नै अन्य सबै स्वतन्त्रताको मुट्टु हो । प्रेस स्वतन्त्र समाज निर्माण गर्ने आधारशिला खम्बा भएकोले सबैले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ । राजनीतिक दल, संघसंस्था र सरकारी प्रशासनले पनि प्रेस स्वतन्त्रतालाई ध्यानमा राखि प्रेसमाथि अपराधिक क्रियाकलापमा संलाग्न ब्यक्तिहरुलाई कुनै पनि संरक्षण र छुटकारा नदिई कडा कारवाही गर्नुपर्दछ । प्रेस स्वतन्त्र भनेको व्यक्तिको अधिकार हो, जनताको अधिकार हो । यसलाई सबै पक्ष राजनीतिक दल तथा सरकारीबाट संरक्षण र सम्बद्र्धनमा लाग्न साथ दिनुपर्छ ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

तीजको सामाजिक-सांस्कृतिक महत्व

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुर…

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

२५ साउन, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्र…

ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

आज पनि आर्य लाई जाति मान्ने विद्वानहरू छन् । मानवताका गुणहरूलाई एउटै जाति मान्नेहरूल…