SamwadKhabar logo

               

विश्व

ट्रम्पले गरे पुटिनको प्रशंसा

देवराज रिजाल

देवराज रिजाल

ट्रम्पले गरे पुटिनको प्रशंसा
११ फागुन, काठमाडौं । न्युयोर्क,अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चालेको कदमको प्रशंसा गरेका छन् । ट्रम्पले रुसले पूर्वी युक्रेनको लुहान्स्क र दोनेत्स्क प्रान्तमा रुस समर्थित पृथकतावादीलाई सहयोग गर्नका लागि रुसी फौज पठाएकोमा त्यसको प्रशंसा गरेका छन् । दक्षिणपन्थी रेडियो कुराकानी कार्यक्रम ‘दी बक सेक्स्टन शो’मा ट्रम्पले युक्रेन समस्यामाथिको मौनता तोडेर रुसी राष्ट्रपतिको प्रशंसा गरेका हुन् । पुटिनको निर्णयबारे ट्रम्पले भनेका छन्, “सोमबार युक्रेनका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर पुटिनले बुद्धिमानी निर्णय गरे । युक्रेनको ठूलो भू–भागलाई स्वतन्त्र घोषणा गर्दै त्यहाँ शान्ति सेना परिचालन गर्नु असल काम हो । हामीले पनि अमेरिकाको दक्षिणी सीमानामा यस्तै गर्नुपर्छ । रुसी शान्ति फौज मैले अहिलेसम्म देखेकैमध्ये सबैभन्दा शक्तिशाली हो । उनीहरूले शान्ति स्थापना गर्न खोज्दै छन् भने ठिक छ ।” सन् २०१६ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा ट्रम्पले सार्वजनिक रूपमै आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको चुनावी अभियान इमेल प्रणालीमा निरन्तर ह्याक गर्ने रुसी प्रयासलाई प्रोत्साहित गरेका थिए । यसैगरी, आफू सत्तामा पुगेपछि उनले अमेरिकी चुनावमा हस्तक्षेप नगरेको भन्ने रुसी दाबीलाई साथ दिएका थिए । मंगलबार ट्रम्पको भनाइमाथि टिप्पणी गर्न अनुरोध गर्दा ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले भनेकी छन्, “राष्ट्रपति पुटिन र उनको सैन्य नीतिको प्रशंसा गर्ने कसैको पनि हामी सल्लाह लिँदैनौँ ।” साथै, साकीले रुसले युक्रेनको क्राइमिया कब्जा गर्दा ट्रम्प रुसकै पक्षमा उभिएको पनि स्मरण गरेकी छन् ा रुसको पछिल्लो कदमलाई लिएर अमेरिका र बेलायतले रुसमाथि नयाँ नाकाबन्दीको घोषणा गरिसकेका छन् । एजेन्सी ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…