SamwadKhabar logo

               

तीर्थ परिचय

आज विजया एकादशी : बुझिराखौँ उपवासको महत्त्व

संवाद खबर

संवाद खबर

आज विजया एकादशी : बुझिराखौँ उपवासको महत्त्व
एकादशीको शाब्दिक अर्थ चन्द्रमासको एघारौँ तिथि हो । चन्द्रमास अनुसार एउटा महिनाको दुई भाग हुन्छ— एउटा कुष्ण पक्ष र अर्को शुक्ल पक्ष । दुबै पक्षको एघारौँ तिथिलाई एकादशी तिथि भनिन्छ । यस अनुसार, एक महिनामा दुईवटा एकादशी तिथि पर्दछन् । र एक वर्षमा २४ वटा एकादशी हुन्छन् । मलमास अथवा पुरुषोत्तम मास भएको वर्षमा चाहिँ दुईवटा एकादशी थपिएर जम्मा २६ वटा एकादशी तिथि हुन्छन् । हरेक एकादशीको नाम फरक–फरक हुनुको साथै त्यही अनुसार अलग–अलग महत्त्व र विशेषता बोकेको हुन्छ । सबै एकादशीले नामअनुसारको फल दिने मान्यता छ । महिना र पक्षका अनुसार एकादशीको व्रतको नाम राखिएको हुन्छ । वर्षका अन्य महिनासरह फागुन महिनामा पनि दुई पक्षका दुईवटा एकादशी छन् । फागुन कृष्ण पक्षको एकादशीलाई विजया एकादशी भनिन्छ भने शुक्ल पक्षको एकादशीलाई आमलकी एकादशी भनिन्छ । यस एकादशीको व्रतकथा तथा महात्म्यको विवरण पद्मपुराणलगायत अन्य पुराणहरूमा पनि उल्लेख गरिएको छ । पद्मपुराणको एउटा प्रसङ्गमा धर्मराज युधिष्ठिरले भगवान् श्रीकृष्णसित यस एकादशीको व्रतविधि र महात्म्यका बारेमा बताउन अनुरोध गर्नुहुन्छ । युधिष्ठिरको अनुरोधमा भगवान् श्रीकृष्णले ब्रह्मा–नारद संवादका रूपमा विजया एकादशीको कथा सुनाउनुभएको प्रसङ्ग छ । ब्रह्माजीले देवर्षिलाई सुनाउनुभएको कथाअनुसार सीताहरण भएपछि उहाँको उद्धारका लागि श्रीराम–लक्ष्मण सुग्रीव एवं वानर सेना समुद्र किनार पुगेका हुन्छन् । त्यहाँ श्रीरामले लक्ष्मणलाई सोध्नुहुन्छ— यो विशाल समुद्रलाई कुन पुण्यका प्रभावले सहजै पार गर्न सकिएला ? यसको उत्तरमा लक्ष्मणले बकदाल्भ्य मुनिसित भेटेर समाधान खोज्न सल्लाह दिन्छन् । श्रीरामले मुनि बकदाल्भ्यलाई भेटेर त्यही प्रश्न गर्दा ती मुनिले फाल्गुन कृष्णपक्षको विजया नामक एकादशी व्रतको पुण्यले सबै प्रकारका शत्रुमाथि विजय प्राप्त गर्न सकिने बताएको प्रसङ्ग पाइन्छ । फाल्गुन कृष्णपक्षमा आउने विजया एकादशी व्रत राख्नाले शुभ फल वृद्धि, पाप कर्मको नाश र जुन सङ्कल्प र मनोआकांक्षा लिएर व्रत बसिएको हो,  त्यो पूरा हुने मान्यता छ । हाम्रो धर्मशास्त्रका अनुसार एकादशी तिथि भगवान विष्णुको हृदय हो भन्ने मान्यता रहेको छ । शास्त्र भन्छन्— जुन व्यक्तिले यो तिथिमा भगवान श्रीहरि विष्णुको पूजा विधिविधानपूर्वक गर्दछ उसलाई भगवान् श्रीहरि विष्णुको कृपा सजिलै प्राप्त हुन्छ । ऊ भगवान विष्णुको निकटस्थ, कृपापात्र बन्न सक्छ । यस एकादशीको नामअनुसार व्यक्तिको जीवनमा आइपरेका कठिन परिस्थितिहरूमाथि विजय प्राप्त हुन्छ । शास्त्रले निर्देशन गरेका विधि अनुरूप व्रत सम्पादन गरेमा यस एकादशीको प्रभावले आफूभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता आन्तरिक शत्रुका साथमा सांसारिक जीवनका समस्त प्रतियोगी, प्रतिस्पर्धा इत्यादि र डाहा र ईष्र्या गर्ने शत्रुहरूमाथि पनि विजय प्राप्त गर्न सकिन्छ । हाम्रा वैदिक ग्रन्थ, शास्त्र, आचार्यका अनुसार एकादशी तथा विशेष उत्सवको समयमा व्रत बस्नु अध्यात्मिक जीवनको महत्त्वपूर्ण अङ्ग मानिन्छ । शास्त्र अनुसार एकादशी व्रतको विधिविधानहरू उनीहरूको लागि बनाइएको हो जो भगवान्को साथ र सामीप्य पाउन इच्छुक हुन्छन् । यता पछिल्लो समयमा विज्ञानले पनि के पुष्टि गरेको छ भने व्रतका क्रममा उपवास बस्नाले शरीरको आन्तरिक शुद्धि हुने गर्दछ । व्रत कायिक, वाचिक र मानसिक कार्यको समष्टि हो । काया भनेको शरीर हो । कायिक व्रत अनुसार शरीरले हतियारको प्रयोग, हत्या, हिंसाजस्ता नराम्रा काम नगर्नु र शरीरका इन्द्रियलाई वशमा राख्नु भन्ने कुरा बुझाउँछ । वाक् भनेको वाणी वा बोली हो । वाचिकमा बोलीलाई पवित्र राख्ने कार्य हुन्छ यसर्थ वचनले पनि कसैलाई अहित हुने कार्य गरिँदैन । त्यस्तै, मानसिक व्रतमा मनले समेत अनर्थको कल्पना नगर्नु, अरुप्रति डाह–ईष्र्या आदि नगर्नु भन्ने जनाउँछ । यसबाट व्रतले एकतर्फ आत्मसंयमको अभ्यासलाई जोड दिएको स्पष्ट हुन्छ भने अर्कोतिर व्रतको पालनाबाट अरुको अहित नगर्नु, सबैको हितको कामना गर्नु भन्ने भाव पनि प्रबल हुँदै जाने प्रष्ट देखिन्छ । उपवासले शरीरलाई निरोगी राख्न अथवा रोगमुक्त बनाउनमा पनि सहयोग गर्दछ । सन् २०१६ मा फिजियोलोजीतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जापानिज अनुसन्धाता योशिनोरी ओहसुमीले अनुसन्धानबाट व्रत–उपवासको महत्त्वमाथि प्रकाश पारेका छन् । अटोफेजी (Autophagy) को सिद्धान्तबाट व्रतको वैज्ञानिकतालाई पुष्टि गरेका छन् । अटोफेजी भनेको आफैँ खाने वा आफैँ खाना तयार गर्ने हो । व्रतका बेला खाली पेट हुँदा बोसो (फ्याट)लाई नै पेटले इन्धनका रूपमा प्रयोग गर्न थाल्दछ । जसले गर्दा सुगर आदिलाई घटाएर शरीरलाई स्वस्थ राख्न मद्दत पुग्दछ । आचेल यही अनुसन्धानबाट प्रेरित भएर कतिपय डाक्टरहरूले सुगरका बिरामी तथा बोसो बढी भएका मानिसहरूलाई हरेक दिन १६ घण्टा उपवास बस्ने सल्लाह दिन थालेका छन् । विना व्यायाम वजन कम गर्ने यो सरल विधिका रूपमा हाल उपयोगमा रहेको छ । यस्तो वैज्ञानिकतालाई हाम्रा पूर्वजले उहिले नै बुझेर व्रतलाई संस्कृतिका रूपमा विकास गरेका थिए । अतः हाम्रो संस्कृतिमा वैदिक कालदेखि नै व्रतको परम्परा विद्यमान छ । यस दृष्टिले महिनामा दुई पटक, दुईवटा एकादशी व्रतका क्रममा उपवास बसेर हामीले आफ्नो स्वास्थ्यलाई अझ सुदृढ बनाउन सक्छौँ ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

यो पनि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …