SamwadKhabar logo

               

विश्व

नेपाल वायुसेवा निगमलाई साउदी अरेबिया उडानको अनुमति

देवराज रिजाल

देवराज रिजाल

नेपाल वायुसेवा निगमलाई साउदी अरेबिया उडानको अनुमति
२३ फागुन, काठमाडौँ । साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरिएको छ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डायन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो। यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो। उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरु साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गरेका थिए। निगमले चैतदेखि पहिलो चरणमा काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ। यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ। साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन। निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने र लैजाने गर्न थालेको हो।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…