SamwadKhabar logo

               

विश्व

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

संवाद खबर

संवाद खबर

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी
फागुन २५, काठमाडौं । दक्षिण कोरियामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भईरहेको छ । विभिन्न काण्डहरुको चर्चाका बीच नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरु मतदानमा सहभागी भएका छन् । उत्तर कोरियाबाट आईरहेको आणविक धम्की, देशभित्र जन्मदरको न्युन अवस्था, आवासको बढ्दो मूल्य र समाजमा बढ्दो असमानता नयाँ आउने नेतृत्वका लागि चुनौतीको रुपमा रहनेछन् । राष्ट्रपति मुन जे इनको स्थान लिएर एशियाको चौथो ठूलो अर्थतन्त्र भएको देशको नेतृत्व लिनका लागि सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जे म्योङ र विपक्षी पिपुल्स पावर पार्टीका युन सुक योलबीच चर्को प्रतिष्पर्धा देखिएको छ । मत सर्वेक्षणहरुले म्योङ भन्दा युनलाई अगाडि देखाएका छन् । पूर्व महाअभियोजक रहेका युनले भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्ने, उत्तर कोरियासँग पनि कठोर नीति लिने जस्ता नारा अघि सारेका छन् । दुई जना पूर्व राष्ट्रपति र सामसङ कम्पनीका प्रमुखलाई भ्रष्टाचार मुद्दामा जेल पठाउन सफल युनको लोकप्रियता अलि बढी नै देखिएको छ। यस्तै, मजदुरबाट उठेर मानवअधिकार अभियन्ताको परिचय बनाएका सत्तारुढ पार्टीका उम्मेदवार लीले अहिलेको समस्या समाधानका लागि तल्लो तहबाट उठेको ब्यक्ति आवश्यक हुने तर्क गर्दै आउनु भएको छ । नयाँ निर्वाचित हुने राष्ट्रपतिको भोलिदेखि कार्यकाल सुरू हुने छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…