SamwadKhabar logo

               

विश्व

निर्मल पूर्जा लाई बेलायतको इष्टली बरो काउन्सिलले गर्‍यो उच्च सम्मान

देवराज रिजाल

देवराज रिजाल

निर्मल पूर्जा लाई बेलायतको इष्टली बरो काउन्सिलले गर्‍यो उच्च सम्मान
१ चैत्र, काठमाडौँ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’लाई बेलायतको इष्टली बरो काउन्सिलले उच्च सम्मान प्रदान गरेको छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड तथा पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन जाडो याम मा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको बायू गतिजस्ता प्रतिकुल अवस्थामा समेत आरोहण गरेका पूर्व गोर्खा समेत रहेका पुर्जालाई काउन्सिलले दिने सबैभन्दा उच्च सम्मान पाएका हुन्। काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले पूर्जालाई ‘फ्रिडम अफ दि बरो’ उपाधि प्रदान गरिन्। सन् १९०६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७औं व्यक्ति हुन्। सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पूर्जा आफ्नो बरोमात्र नभई विश्वमै गर्व गर्न लायक एक धरोधर भएको समेत बताईन्। ‘विश्वभरका मानवजातिले गर्न नसकेको काम निर्मलले गरेका छन्,‘उनका यात्रा मानवजातीकै लागि दुर्लभ हो’ बधाई दिदैं उनले भनिन्। यता सम्मान ग्रहण गदैं पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन्। निर्मल इष्ट्ली बरोकै बासिन्दा हुन्। समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जा लगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भूपू गोर्खाहरु लगायतको उपस्थिती रहेको थियो। एसोसिएसन अध्यक्ष कमल पूर्जाले आफ्नो भाइ निर्मलले उक्त सम्मान पाएर पूर्जा परिवारमा मात्र होइन्, समस्त गोर्खा र नेपाली समुदायनै गौरवान्वित भएको बताए। दुई बर्ष अगाडी आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले सातौ अग्लो धौलागिरि हिमालको ८१६७ मि मा विना अक्सिजन आरोहण गरेका थिए। उनका हरेक आरोहणहरुमा रेकर्ड र नयाँपन देखिन्छ। बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत रहँदा पूर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए। सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए।पूर्जाको आफ्नो बायोग्राफी पुस्तक बियोन्ड पसिबल र नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ समेत सार्वजनिक भएको छ। पुस्तक र नेटफिल्क्सले निर्माण गरेको फिल्म सर्वाािधक रुचाइएको थियो। निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूत हुन्। आरोही पूर्जाले दिएको अभ्यासकै कारण धेरै आरोहीहरुले पहिलोपटक आरोहण गर्न थालेका छन्।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…