SamwadKhabar logo

               

विश्व

एकैपटक १० परमाणुबम हान्न सक्ने मिसाइल रुसद्वारा परीक्षण

देवराज रिजाल

देवराज रिजाल

एकैपटक १० परमाणुबम हान्न सक्ने मिसाइल रुसद्वारा परीक्षण
८ बैशाख, काठमाडौँ । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसविरुद्ध शत्रुहरूले कुनै पनि काम गर्नुअघि अब ‘दुईपटक सोच्नपर्ने’ बताएका छन् । पुटिनलाई सेनाले पहिलोपटक यस्तो मिसाइल परीक्षण गरेको जानकारी दिएका छन्। यो क्षेप्यास्त्र उत्तरपश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार गरिएको थियो। यो करिब ६००० किलोमिटर टाढा खसेको थियो । सो क्षेप्यास्त्रको बारेमा पुटिनले बयान गर्दै यो विश्वमा पहिला कही यस्तो क्षेप्यास्त्र नबनेको बताएका छन्। उनले उक्त क्षेप्यास्त्रद्वारा एकैपटकमा १० वा सोभन्दा धेरै परमाणु बम प्रहार गर्न सकिने बताए। उनका अनुसार उक्त क्षेप्यास्त्र एन्टी मिसाइल रहेकोले अन्य हतियार वा मिसाइलले त्यसमा कुनै क्षति गर्न सक्दैन। लामो समयदेखि निर्माण हुँदै आएको सरमतु मिसाइलको परीक्षणलाई अमेरिकाले भने विशेष क्षमतायुक्त नभइ सामान्य मिसाइल भएको बताएको छ। रुसले यो परीक्षण भूराजनीतिक तनाव चरम सीमामा भएको समयमा गरेको छ। रुसले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरे पनि हालसम्म कुनै पनि प्रमुख सहर कब्जा गर्न सकेको छैन। युक्रेनका रक्षामन्त्रीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । आठ साताअघि युक्रेनमा आक्रमण हुनुअघि पनि रुसी राष्ट्रपति पुटिनले चेतावनीमूलक स्वरमा यदि कसैले रुसको बाटोमा आउन खोजे त्यसको परिणाम इतिहासमा अरु कसैले नभोगेको हुने बताएका थिए। त्यसको केही दिनपछि पुटिनले रुसको आणविक शक्तिलाई उच्च सतर्कतामा रहन भने । एजेन्सी

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…