SamwadKhabar logo

               

मनोरञ्जन

‘गंगुबाई काठियावाडी’लाई नेटफ्लिक्समा रुचाइयो, २५ देशमा टप फिल्मको शीर्षस्थानमा

देवराज रिजाल

देवराज रिजाल

‘गंगुबाई काठियावाडी’लाई नेटफ्लिक्समा रुचाइयो, २५ देशमा टप फिल्मको शीर्षस्थानमा
२२ बैशाख काठमाडौँ । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । उक्त फिल्म अप्रिल २६ देखि नेटफ्लिक्समा २५ देशमा टप १० फिल्मको शीर्षस्थान रहन सफल भएको छ । एक हप्ताको अवधिमा ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा विश्वका धेरै देशमा सबैभन्दा बढी हेरिने गैर–अंग्रेजी फिल्म बनेको छ । आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्मलाई एक हप्ताको अवधिमा १३।८१ मिलियन घण्टाभन्दा बढी हेरि सकिएको छ । क्यानडा, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड र यूएईसहित २५ देशमा टप १० फिल्मको शीर्षस्थानमा रहेको छ । निर्देशक भन्सालीका अनुसार गंगुबाई काठियावाडी एक विशेष फिल्म हो, जुन महिलाका लागि न्यायको लडाइँमा गंगुबाईको कहानी वास्तवमै सार्वभौमिक छ । साथै दर्शकहरुले सिनेमा हलमा मात्र नभएर नेटफ्लिक्समा पनि मन पराइरहनु भएकोले निर्देशक भन्साली एकदमै खुसी छन् । नयाँ दर्शकले खोजिरहेको फिल्म व्यापक पहुँचमा पुगेको छ र नेटफ्लिक्समा यसको सफलता पुष्टि भइसकेको छ । फिल्मको सफलताका विषयमा आलियाले पनि खुसी साट्नुको साथै भारत बाहिर पनि नयाँ कथाको पर्खाइमा दर्शकहरु छन् भन्ने पुष्टि भएको बताएकी छिन् । ‘गंगुबाई काठियावाडी’मा आलियाका अलावा शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारी, सीमा पाह्वा लगायतको पनि मुख्य भूमिका छ । अजय देवगण फिल्ममा केमियो भूमिकामा देखिएका छन् । ‘गंगुबाई काठियावाडी’ लाई नेटफ्लिक्समा उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …