SamwadKhabar logo

               

विश्व

अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका सेनापति भोलि नेपाल आउँदै

संवाद खबर

संवाद खबर

अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका सेनापति भोलि नेपाल आउँदै
जेठ २५, काठमाडौं। अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लीन नेपाल भ्रमणमा आउने भएका छन्। उनी चार दिने सद्भावना भ्रमणमा बिहीबार नेपाल आइपुग्ने भएका हुन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले फ्लीन चार दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्ने बताए। ‘उहाँ (फ्लीन) जेठ २६–२९ सम्म चार दिने भ्रमणमा बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ,’ सहायक रथी सिलवालले डिसी नेपालसँग भने, ‘२७ गते प्रधानसेनापतिज्यूसँग भेटवार्ता गर्ने तय भएको छ। अन्य कार्यक्रम स्वीकृत भएपछि जानकारी गराउँछौं।’ अमेरिकी स्थल सेनाले एशिया प्यासिफिक क्षेत्रको पूरै कमाण्ड सम्हाल्ने सैनिक निकाय युएस आर्मी प्यासिफिक हो। अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक (युएसएआरपीएसी) का सेनापति अर्थात् चारतारे जर्नेल फ्लीनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ। नरल फ्लीन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एकबर्षपछि नेपाल भ्रमणमा आउन लागेका हुन्। अमेरिकी सेना र नेपाली सेनाका बीच विभिन्न तहमा संयुक्त सैनिक अभ्यास हुँदै आएको छ। अमेरिकी सैनिक अधिकारीहरु माउण्टेन वार फेरसम्बन्धी अभ्यासका लागि नेपालको मुस्ताङमा नेपाली सेनासँग संयुक्त अभ्यासमा बढी केन्द्रीत छन् भने विपत् व्यवस्थापनसम्बन्धी अभ्यास पनि दुई सैनिक अधिकृतहरु बीच हुँदै आएका छन्। यसैगरी विभिन्न तहका नेपाली सेनाका अधिकृतहरुले अमेरिकाका विभिन्न सैनिक विश्वविद्यालयहरुमा हरेक बर्ष अध्ययन गर्ने कोटा पाउने गर्दछन्।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…