SamwadKhabar logo

               

विश्व

पब्जी खेल्न नदिएको रीसमा गोली ठोकेर आमाको हत्या

संवाद खबर

संवाद खबर

पब्जी खेल्न नदिएको रीसमा गोली ठोकेर आमाको हत्या
एजेन्सी । मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीका १६ वर्षीय किशोरले ४० वर्षीया आमालाई गोली प्रहार गरी हत्या गरेका हुन् । आमाको हत्याको तीन दिनपछि ती किशोरले बुबालाई फोनमार्फत जानकारी दिएका थिए । भास्कर अनलाइनका अनुसार उनका बुवा नवीनकुमार सिंह सेनाका जुनियर कमिसन्ड अफिसर हुन् । नवीन पश्चिम बंगालमा कार्यरत थिए । उनले शनिबार नै आमाको हत्या गरेपनि त्यो बारे मंगलबार मात्रै बुबालाई जानकारी दिएका थिए । उनले भिडियोबाटै आमाको शवसमेत देखाएका थिए । त्यसपछि नवीनले एक नातेदारलाई फोन गरेपछि त्यहाँ प्रहरी पुगेका थिए । प्रहरीका अनुसार नवीनका छोरालाई पब्जी खेल्ने लत लागेको थियो । नवीनकी श्रीमती साधनाले मोबाइलमा नखेल्न रोक्थिन् । शनिवार राति पनि साधनाले आफ्नो छोरालाई नखेल्न भनेकी थिइन् । त्यसपछि उनी रिसाए । राति साधना निदाइरहेको बेला ती किशोरले बुवाको पेस्तोल निकालेर आमालाई प्रहार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनले आफ्नी १० वर्षीया बहिनीलाई पनि धम्क्याएर एउटा कोठामा बन्द गरिदिइन् । प्रहरी बन्द कोठामा पस्दा छोरी साधनाको शवसँगै डराउँदै सुतिरहेकी थिइन् । शव नजिकै पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । पेस्तोलमा कुनै गोली बाँकी नरहेकोले कति गोली प्रहार गरेको हो भन्ने बारे अनुसन्धान जारी रहेको बताइएको छ । ती किशोर नाबालक भएकाले नाम भने खुलाइएको छैन । भारत सरकाले २०२० को सेप्टेम्बर ३ बाट पब्जी खेल प्रतिबन्ध लगाएको थियो। तर भारतमा पब्जी खेल्न रोकिएको छैन ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…