SamwadKhabar logo

               

विश्व

प्रधानमन्त्री देउवालाई अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डिङ जर्नेलले भेट्दै

संवाद खबर

संवाद खबर

प्रधानमन्त्री देउवालाई अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डिङ जर्नेलले भेट्दै
जेठ २७, काठमाडौं । नेपालको चार दिने भ्रमणमा आउनुभएका अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमान्डिङ जर्नेल चाल्र्स ए फ्लाएनले आजदेखि भेटघाट सुरु गर्दै हुनुहुन्छ । फ्याएनले आज (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि सैनिक सरोकारका पक्षसँग भेटघाट गर्ने बुझिएको छ । प्रधानमन्त्री देउवासँगको भेटको समय भने खुलाइएको छैन् । उहाँ आजै सैनिक मुख्यालय जाने र त्यहाँ नेपाली सेनाले फ्लाएनलाई गार्ड अफ अनर प्रदान गर्ने सैनिक मुख्यालयले जनाएको छ । गार्डअफ अनरपछि प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता हुनेछ । प्रधान सेनापति शर्माले आजै फ्लाएनको सम्मानमा रात्रिभोज आयोजना गर्दै पनि जनाइएको छ । फ्लाएन शनिबार हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जाने र खुम्जुङमा रहेको एभरेष्ट भ्यु होटलमा ब्रेकफास्ट गर्ने कार्यक्रम रहेको छ । माउन्टेन फ्लाइटबाट फर्किएपछि अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुने बुझिएको छ । आइतबार भने काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्रको अवलोकन गर्ने र त्यहाँबाट शिवपुरी गएर स्टाफ कलेजमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेपाली सेनाले जनाएको छ । अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमान्डिङ जर्नेल चाल्र्स ए फ्लाएन जेठ २९ गते साँझ फर्कनुहुनेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…