SamwadKhabar logo

               

विश्व

अमेरिकाः बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन

देवराज रिजाल

देवराज रिजाल

अमेरिकाः बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन
२९ जेष्ठ, काठमाडौँ । प्रदर्शनमा उत्रिएकाहरूले म बन्दुकको गोलीबाट स्वतन्त्रता चाहन्छु जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडनले विरोध प्रदर्शनलाई समर्थन जनाउँदै संसद्लाई बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न आह्वान गरे। यद्यपि प्रतिपक्षी रिपब्लिकनहरूले कानुन परिवर्तनको सम्भावनालाई अस्वीकार गर्न सक्ने देखिन्छ। मे २४ मा टेक्ससको युभाल्डीमास्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ जना बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो। सन् २०१८ मा फ्लोरिडाको पार्कल्यान्ड विद्यालयमा भएको गोलीकाण्डबाट बचेका व्यक्तिहरूले स्थापना गरेको बन्दुक सुरक्षा समूह मार्च फर आवर लाइभ् एमएफओएलका अनुसार शनिवार वाशिङटन डीसी, न्यूयोर्क, लस एन्जलस र शिकागोलगायत विभिन्न ४५० स्थानमा प्रदर्शन आयोजना भएका थिए। मानिसहरू मरिइरहँदा हामी तिमीहरूलाई चुप लागेर बस्ने अनुमति दिने छैनौँ, समूहका कार्यसमिति सदस्य ट्रेभोन बोस्लेले एक विज्ञप्तिमार्फत भनेका छन्। वाशिङ्टन डीसीमा प्रदर्शनकारीहरूसँग बोल्दै पार्कल्यान्ड गोली प्रहारबाट बचेका डेभिड होगले भने युभाल्डीमा भएको बालबालिकाको हत्याले मानिसलाई क्रोध र परिवर्तनको माग केन्द्रित बनाउनु पर्छ। न्यूयोर्कको बेफेलोमा जातीयताप्रेरित गोली प्रहारमा ८६ वर्षीय आमा गुमाएकी गार्नेल ह्विटफिल्डले वाशिङ्टनमा जम्मा भएका प्रदर्शनकारी समक्ष भनिन्, हामी यहाँ न्यायको माग गर्न आएका छौँ। हामी यहाँ तिनीहरूसँग उभिएका छौँ जो विवेकपूर्ण तरिकाले बन्दुकसम्बन्धी कडा कानुनको माग गरिरहेका छन्। एमएफओएलले आक्रमण गर्न प्रयोग हुने हतियारमा प्रतिबन्ध लगाउन, बन्दुक खरिद गर्न खोज्नेहरूको वा बन्दुक बोक्नेहरूलाई दिइने राष्ट्रिय अनुमतिपत्र प्रणालीको लागि आवेदन दिनेहरूको विश्वव्यापी पृष्ठभूमि जाँच गर्नेलगायत माग गरेको छ। एमएफओएलको पहिलो विरोध प्रदर्शन सन् २०१८ मा फ्लोरिडाको पार्कल्यान्ड विद्यालयमा १४ जना विद्यार्थी र तीन वयस्क मारिने गरी भएको गोली प्रहार लगत्तै आयोजना भएको थियो। हतियारहरू प्रतिबन्धित गर्न, हतियार खरिदकर्ताको पृष्ठभूमि जाँचहरू कडा गर्न र अन्य बन्दुक नियन्त्रण उपायहरू लागु गर्न आग्रह गरेका राष्ट्रपति जो बाइडनले शनिवारको विरोध प्रदर्शनलाई समर्थन गरे। आज देशभरका युवाहरू फेरि एक पटक संसद्मा बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न माग गर्दै छन्। यो मागलाई बहुसङ्ख्यक अमेरिकीहरूले समर्थन गरेका छन्, उनले ट्वीट गरेका छन्। म संसद्‌समक्ष केही गर्नुहोस् भन्ने आह्वान दोहोर्‍याउँदै प्रदर्शनकारीहरूको समर्थन गर्छु।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…