SamwadKhabar logo

               

विश्व

सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण

संवाद खबर

संवाद खबर

सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण
असार २९, न्युयोर्क।अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक कदम हो । यस सफल प्रत्यारोपणसँगै मानव अंगहरूको अभावलाई सम्बोधन गर्न सुँगुरका अंग प्रयोग गर्ने दीर्घकालीन लक्ष्यको एक कदमनजिक पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । शल्यक्रियापछिका दिनमा मुटुले सामान्य काम गरेको चिकित्सकहरूले बताएका छन् ।जुन र जुलाईमा तीन दिनको प्रयोगमा अस्वीकारको कुनै संकेत नदेखिएको उनीहरूले बताएका छन् । यही मार्चमा एक ६७ वर्षीय पुरुषको हृदय रोगका कारण मृत्यु भएका थियो । मृत्यु हुनु दुई महिनाअघि उनले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्राप्त गर्ने पहिलो व्यक्तिको रूपमा इतिहास बनाएका थिए । उनको मेरील्याण्ड विश्वविद्यालयमा शल्यक्रियामार्फत सुँगुरको मुटु प्रत्यारोपण भएको थियो । उनका नयाँ मुटुले काम नगर्नुको कारण अहिले पनि प्रष्ट हुन सकेको छैन् । एनवाईयू लेंगोन इन्स्टिच्युटका मुटु प्रत्यारोपण सर्जिकल निर्देशक नादेर मोआजामीले प्रक्रियाको निरीक्षण गरेका छन् । इन्स्टिच्युटले भविष्यमा अंगहरूको प्रयोग गरेर क्लिनिकल परीक्षणसहित अगाडि बढ्ने आशा राखेको उनले बताए । एक विज्ञप्तिमा उनले भनेका छन्, ‘ मुटुको कार्य उत्कृष्ट थियो भनी बताउन पाउँदा मलाई खुसी लागेको छ । हामीले प्रत्यारोपणको समयमा केही प्राविधिक शल्य चिकित्सा परिमार्जन गर्नुपर्‍यो । ’

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…