SamwadKhabar logo

               

युवा

नीति अनुसन्धान प्रतिष्ठान नेपालले तीन दिने अन्तर्राष्ट्रिय गोष्ठी गर्ने

संवाद खबर

संवाद खबर

नीति अनुसन्धान प्रतिष्ठान नेपालले तीन दिने अन्तर्राष्ट्रिय गोष्ठी गर्ने
नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप) ले तीन दिने अन्तर्राष्ट्रिय गोष्ठी गर्ने भएको छ । International Relations: Nepal and the World Order शीर्षक रहेको गोष्ठीको उद्घाटन शुक्रवार, भाद्र १० गते नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने गोष्ठी–सचिवालयले जनाएको छ । कार्यक्रमको उद्घाटन एलिस रिसेप्सन, गैह्रीधारा, बालुवाटार काठमाडौंमा हुनेछ। उद्घाटन समारोहमा विशिष्ट अतिथिमा माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्र सचिव एवं विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ। नेपालले भविष्यमा कस्ता नीतिहरुका आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यही भाद्र १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने गोष्ठीले गहन चिन्तन गर्ने जनाइएको छ। कार्यक्रममा नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका ४० जना अन्तर्राष्ट्रिय सम्बन्धमा स्थापित शैक्षिक संस्था तथा विश्वविद्यालयहरूबाट विद्यावारिधि गर्नुभई वर्तमान समयमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूमा महत्वपूर्ण भूमिकामा रहनु भएका विज्ञ युवाहरूले सहभागिता जनाउने तथा आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नुहुने जनाइएको छ । आयोजकद्वारा प्रेषित विज्ञप्ति अनुसार ‘आजको युवा मष्तिस्कले के सोचेकोछ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरुका मनमा रहेको छ’ यस कुरालाई उक्त मन्थनले प्रकाशनमा ल्याउने छ । ‘अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम विचारहरू युवा पुस्ताको मस्तिष्कबाट आओस् भन्ने यस संगोष्ठीको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा जे विचारहरू प्रस्तुत गर्नुहुनेछ भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि त्यही नै पाथेय बन्नेछ भन्ने आयोजकको विश्वास रहेको छ ।’ आगामी दिनमा एउटा सकारात्मक तथा सृजनात्मक विमर्श एवं संकथन खडा होस् भन्ने पवित्र उद्देश्यका साथ संगोष्ठी आयोजना गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपाल एउटा विशुद्ध नेपाली संस्था हो । राष्ट्रहितलाई सर्वोपरि राख्दै छिमेकी एवं अन्तरराष्ट्रिय सम्बन्धलाई सबल बनाउनको लागि प्रतिष्ठान निरन्तर प्रयासरत छ। विगतदेखि नै नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न समयमा समसामयिक विषयहरूमा अन्तरक्रिया, गोष्ठी, प्रतिभा सम्मान, विचार विमर्श एवं नेपाल—भारत सम्बन्धका विविध आयामहरूमा द्विदेशीय सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन आदि आयोजना गर्दै आएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…