SamwadKhabar logo

               

विचार

‘प्रेस स्वतन्त्रता सेनानी’ को बयान

संवाद खबर

संवाद खबर

‘प्रेस स्वतन्त्रता सेनानी’ को बयान
नेपाल पत्रकार महासंघको भर्खरै सुर्खेतमा सम्पन्न साधारणसभाले केही पत्रकारहरुलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्नु आफैमा सेनानीको इतिहास र वर्तमानलाई सम्मान गर्नु त हुँदै हो । संगसंगै सेनानीलाइ भविष्यको लागि पनि उर्जाशिल बनाउनु हो । तर, यस्ता सम्मानलाई सामान्यिकरण गर्दै बाँडियो भने पञ्चायतले बाँडेको ‘गोर्खा दक्षिण बाहु’कै स्तरमा पुग्नेछ । जुनकुरा यो सम्मान वितरण गर्दा पनि अन्यथा हुन सकेन । यसले महासंघ र पत्रकारिता जगत कै मान्यतालाइ धुलिसात बनाउन सक्छ । प्रेस, स्वतन्त्रता र सेनानीको अर्थः यो सम्मानमा तीन वटा शब्द प्रेस, स्वतन्त्रता र सेनानी परेका छन् । यो सम्मानको अन्तर्य यसैमा छ । यि शब्दका सप्रसंग व्याख्या गरेर तदनुकुलको सम्मान गरेमात्र यसको अर्थ पूर्ण हुनेछ । अन्यथा यो सम्मानको गरिमा पनि ध्वस्त हुँदै जानेछ । नेपाल पत्रकार महासंघले यो सम्मान कायम गर्न हदैसम्मको सम्झौता गर्नु हुन्न । प्रेसः प्रेस छापाखाना हो । तर, पत्रकारिता र सञ्चारसम्बन्धी कामसंग सम्बन्धित पत्रकार, पत्रपत्रिका प्रकाशन, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चार माध्यमलाई प्रेस भन्ने गरिन्छ । त्यसैले प्रेससंग स्वतन्त्रता अन्तरसम्बन्धित भएर आउँछ । स्वतन्त्रता बेगर प्रेसको कुनै अर्थ हुन्न । यसर्थ प्रेसको महत्व राज्यको चौथो अंगको रुपमा छ । राज्यका तीन अंगलाई खबरदारी गर्ने यसको मूख्य दायित्व हो । यो दायित्व र जिम्मेवारीबाट प्रेस पन्सनु हुन्न । नेपाली प्रेसको छाता संगठनले यहि मुलमन्त्रमा गम्भीर ध्यान दिन जरुरी छ । स्वतन्त्रताः भय, नियन्त्रण, प्रलोभनबाट मुक्त भै स्वतन्त्र रुपमा आफ्ना विचार तथा अभिव्यक्ति स्वतन्त्र रुपमा अभिव्यक्त गर्न पाउनु प्रेस स्वतन्त्रता हो । भयभित भएर गरिएको पत्रकारिता आजको भाकामा सेल्फ सेन्सरसिप गरिएको पत्रकारिताले जनसन्देश दिन सक्तैन । राज्य नियन्त्रित वा सम्पादकीय स्वतन्त्रताविहीन पत्रकारिताको त झनै अर्थ हुन्न । कतिपय सन्दर्भमा बजारको वा कुनै समूहको प्रलोभनमा परेर गरिने पत्रकारिता झनै घातक हुन्छ । प्रेस स्वतन्त्रता जनताको जान्न पाउने हक, पारदर्शिता र सूचनाको हकको रुपमा रहन्छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण तत्व र संरक्षक मानिन्छ । यसर्थ यो अभिव्यक्ति र जान्न पाउने दुइ किसिमको स्वतन्त्रता हो । अर्को विचार अभिव्यक्तिको स्वतन्त्रता भनेको राजनैतिक आस्था र विश्वासको दर्शन अनुसार विचार निर्माण गर्ने स्वतन्त्रता हो । यो बोल्ने, लेख्ने स्वतन्त्रतामा मात्र सिमित छैन । यस्तो विचार सँधै परिवर्तनको पक्षमा हुनु पर्छ । परिवर्तनको विपक्षमा जाने स्वतन्त्रताको कुनै गुन्जाइस हुन्न । पत्रकारिताको सिद्धान्तअनुसार ‘आवाजविहीनहरुको आवाज’ पत्रकारिता हो । आवाजविहीनहरुको आवाजको जनमत निर्माण गर्न स्वतन्त्रता आवश्यक प¥यो । यसकारण प्रेससंग स्वतन्त्रता अन्तरसम्बन्धित भयो । यथास्थिति र पश्चगमनको पक्षपोषण पत्रकारिता हुनै सक्तैन । हरदम परिवर्तनको पक्षपोषण र वकालत गर्नुेमात्र पत्रकारिता हो । सेनानीः सेनानी भनेको सेना शब्दबाट लिइएको हो । सेना युद्ध, शान्तिसुरक्षा आदिका लागि तैनाथ गरिएका सशस्त्र सैनिक जवानको समुदाय हो । त्यही सेनाको उच्च अधिकृतलाई सेनानी भनिन्छ । पत्रकारिताको नेतृत्व गने अर्थमा यहाँ सेनानी शब्द प्रयोग भएको हो । यस प्रकारको स्वतन्त्रताको रक्षाको निम्ति लागि पर्नेहरु नै प्रेस स्वतन्त्रताका सेनानी हुन । तिनलाई सम्मान गर्दामात्र यस्तो सम्मानको औचित्य हुन्छ । अनुशासनहीन, आचारसंहीता उलंघन गरेबापत डामिएका, दुत्कारिएका पात्र कमसेकम प्रेस स्वतन्त्रता सेनानी हुन लायक छैनन् । तर यसपटक प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित सबै पत्रकारहरु परिवर्तनको पक्षपोषण गर्ने, गर्दै आएकाहरुका थिए, की थिएनन् ? मूख्य प्रश्न यहि हो । पुरस्कार र सम्मानका लागि अनेक तिगडमबाजी गरेर पाएका हुन या सांगठानिक वा त्यस्तै कुनै बल लगाएर पाए ? कतिपय कुरा त ओपेन सेक्रेट नै छ । यि प्रश्नहरुले जवाफ खोजि गरेका छन । योग्यता, क्षमता, लगाव र निरन्तरता परिवर्तनको निम्ति खर्चे खर्चेनन ? अहिलेको परिवर्तनको विपक्षमा राजतन्त्र, निरंकुशताको वकालत गर्ने पात्र प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका हुन भने यो सम्मानको भ्रष्टिकरण यहिँबाट सुरु भयो । पत्रकारितालाई सत्ता र पैसाको निम्ति उपयोग गर्नेले पाएको छ भनेपनि यसको औचित्य छैन । पुरस्कार थाप्ने लत लागेर दर्जनौं पटक पुरस्कार थाप्ने दुब्र्यसनीहरुले पाएका छन भने सम्मानकै अपमान हुनेछ । प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने योग्यहरु नै अपमानित भएको महशुस गर्नेछन् । उही गोर्खा दक्षिण बाहु भन्दा फरक हुनेछैन । सम्मानितको बायोग्राफीः यस पटक पत्रकार महासंघले केहि यस्ता पत्रकारहरुलाई सम्मान गरेको छ जसले सेनानीको वास्तविक तस्विर निस्केको छ । प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित धर्मेन्द्र कर्ण, इश्वरी वाग्ले, नरेन्द्रजंग पिटर र भवानी बराल यसै कोटीमा पर्छन । कर्णः धमेन्द्र कर्ण मुलधारको मिडियामा स्थापित नाउँ हो । सँधैका श्रमजीवी कर्णले पत्रकारितामा उठाएको उचाँइ र वैचारिक निष्ठामा कहिल्यै सम्झौता गरेनन् । यिनले पत्रकारितामा देखाएको निष्ठा सबैको निम्ति एउटा उदाहरण हो । समाचार लेखेरमात्र पत्रकार हुने होइन । पत्रकारिताको व्यवसायिकताका नाममा गरिने परिपञ्चले प्रेस स्वतन्त्रताको खिताव जित्ने त कुरै आउँदैन । सेनानी हुने त परैको कुरा भयो । सेनामा जब सह–सेनानीको रुपमा एउटा सिपाहीँ भर्ति हुन्छ त्यहीँदेखि उसको परीक्षण सुरु हुन्छ । सेनाको त अनुशासन प्रमुख हो । पत्रकारको वैचारिक निष्ठा र दृष्टिकोण मूख्य हो । वाग्लेः इश्वरी वाग्ले जनपक्षीय पत्रकारिताका निरन्तर योद्धा हुन । स्वराजगारमूलक पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रताको भूमिका आजपर्यन्त वाग्लेले गरिरहेका छन । वाग्लेले योग्यता, क्षमता र विवेकले भ्याएसम्म प्रेस स्वतन्त्रताको इमान्दार सिपाहीँको भूमिकाम आफुलाइ निखारेका छन । उनलाई नेपाल पत्रकार महासंघले सम्झना गर्दामात्र पनि सेनानीको अर्थपूर्ण सम्मान हुन्छ । कर्ण र वाग्ले दुवै पत्रकारले आजका मितिसम्म लाभका पद लिएर सस्तो मनोरञ्जन गरेका पनि छैनन् । यि दुईलाइ सेनानीको सम्मान हकदैया नै हो । पिटरः यसरी नै नरेन्द्रजंग पिटर जनपक्षीय पत्रकारितामा स्थापित नाम हो । निरन्तरतासंगै वैचारिक बहसमा पनि खरो उत्रदै आएका पिटरको सम्मान उदेकलाग्दो छँदैछैन । उनको योग्यता क्षमताले परिवर्तन कै पक्षमा सेवा गरेको छ । प्रेस स्वतन्त्रताको वकालत गरेकै आधारमा उनी यहाँसम्म आइपुगेका हुन । परिवर्तनको निम्ति, आवाजविहीनहरुको निम्ति वकालत गरिरहने उनको कलमले प्रेस स्वतन्त्रता कै पक्षपोषण गरेको छ । यसरी पिटरको सम्झना सेनानीको रुपमा गर्नु अन्यथा हुँदै होइन । बरालः यस्तै अर्का सम्मानित पत्रकार भवानी बरालको आफ्नै कथाव्यथा छन् । मोफसलमा रहँदा होस वा राजधानीमा रहँदा होस उनले वैचारिक पत्रकारिता निरन्तर गर्दै आएका छन् । विचार निर्माण कै सिलसिलामा संघीयतासम्बद्ध पुस्तक लेखन गरेर आफ्नो वैचारिक श्रेष्ठता पनि देखाइ सकेका छन् । मूलधारका भनिएका सञ्चारमाध्यममा लामो समयसम्म स्तम्भकारका रुपमा रहेका बरालको लेखन निरन्तरतामा कुनै ब्रेक लागेको छैन । यस्ता व्यक्तिहरु प्रेस स्वतन्त्रता सेनानी कै रुपमा सम्मानित भए समुदायले पनि सम्मानको अपनत्व ग्रहण गर्नेछन् । सम्मान गर्दा आम जनसमुदायले नाक खुम्च्याउनु पर्ने स्थिति पैदा भयो भने सम्मानको औचित्यमाथि प्रश्नै प्रश्न आउँछ । निश्कर्षमा सेनानीः सेनानी उमेर हदको कारणले पाउने सम्मान पनि हैन । पत्रकारिताको उमेर छँदा गरेको कामको मूल्याङ्कनको आधारमा गरिनु पर्छ । प्रेस स्वतन्त्रता सेनानी विगत, वर्तमानको प्रस्ट चित्र हो भने भविष्यको छाँया चित्र हो । विगत ठीक थियो तर वर्तमान प्रेस स्वतन्त्रता विरोधी, लोभी लालची भूमिकामा रहने प्रेस सेनानी हुन योग्य होइन । हरेक जोगीले कान छेड्ने बेलामा महन्त हुने ख्वाब राखेका हुन्छन तर सबै जोगी महन्त हुन्नन् । यसरी नै पत्रकारिता लामो समय गरेकै भरमा विगतमा राम्रै गरेको तर आगतमा नकारात्मक छवी बनाएको व्यक्ति पत्रकारको प्रेस स्वतन्त्रता सेनानी हुने कुरो हैन । सेनामा पहिल्यै सेनानीको भर्ति हुन्छ । कतिपयको तल्लो दर्जाबाट फाइल बढुवा हुँदै सेनानी हुन्छन । तर पत्रकारितामा काम गरिसकेपछि वा काममा खरो उत्रेपछि मात्र सेनानीले विभुषित गरिने हो । पत्रकारितामा वृद्धाश्रम भन्ने हुन्न । समाजमा जेष्ठ नागरिकलाई उमेर हदमा दोसल्ला ओडाएर सम्मान गरे जस्तो गर्ने होइन । उमेर हदमा कुनै पत्रकारलाइ सेवासुविधा निवृत्तिभरण आदिबाट सम्मान गर्नु उचित हुन्छ । तर पत्रकारिता क्षेत्रको त्यो पनि ‘प्रेस स्वतन्त्रता सेनानी’ पदावलीले सम्मान गर्ने हो भने त्यसको आधिकारिक कारण, योग्यता र क्षमता जनपरीक्षणमा खरो उत्रेको हुनुपर्छ । आमसमुदायले पनि प्रेस स्वतन्त्रता सेनानीलाइ अनुमोदन गर्नु त्यत्तिकै जरुरी छ । राजनैतिक स्वतन्त्रताको आन्दोलनमा सेनानीको भूमिका हुनै पर्छ । पत्रकारिता, पत्रकार आखिर सबै विषयको मूल्याङ्कन गर्ने समुदायले हो । नेपाल पत्रकार महासंघले यो सम्मान उच्च सम्मान ठानेको हुनुपर्छ । नामैले पनि यसले दिने सन्देश उच्च छ । तर उच्च सम्मानको भागिदार व्यक्ति समुदायले पनि उच्च ठानेको हुनु पर्छ ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

सन्तोष आचार्य सांस्कृतिक सम्पदाहरूको सुरक्षा, प्रवर्धन र प्रसार नै पर्यटन उद्योग विकासको …

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्…

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्…

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री ए…