SamwadKhabar logo

               

युवा

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार अर्जुन बगाले

संवाद खबर

संवाद खबर

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार अर्जुन बगाले
फागुन २३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता अर्जुन बगाले अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनको प्रकृया र त्यसको कार्यतालिकाहरू सुरू भएसँगै फागुन १९ गते त्रिवि केन्द्रीय क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहको बैठकबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता अर्जुन बगालेलाई सर्वसम्मत रूपमा अध्यक्ष पदका उम्मेदवार घोषणा गरेका हो अध्यक्ष पद सँगै सचिव र कोषाध्यक्षहरूको पनि नाम फाइनल गरिएको छ । सचिव पदका लागि निरञ्जन जैसी पाठक र कोषाध्यक्षमा जानकी आचार्यलाई तए गरिएको र बाँकि व्यक्तिहरूको नामावली भने १र२ दिनमै फाइनल गरिने स्वतन्त्रत विद्यार्थी समुहले जानकारी दिएको छ । स्वतन्त्र विद्यार्थी समुहले त्रिवि केन्द्रीय क्याम्पस धेरै किसिमका रचनात्मक कार्यक्रमहरू जस्तै सरसफाइ अभियान , रक्तदान, विभिन्न किसिमका खेलकुद कार्यक्रमहरू, स्वध्य मण्डल कार्यक्रम , व्यतित्व तथा नेतृत्व विकास तालिमहरू सञ्चालन गर्दै आइरहेको अध्यक्ष पदका उम्मेदवार अर्जुन बगालेले बताए । अर्जुन बगालेले विगतमा जेसिस , रेडक्रस सोसाइटि र अन्य विभिन्न सामाजिक संघसंस्थाहरूमा आबद्ध भएर कुशल नेतृत्व प्रदान गर्दै आइरहेका छन् । साथै सचिव र कोषध्यक्ष पदका उम्मेदवारीहरूले पनि विगतमा आफ्नो क्षेत्रमा धेरै रचनात्मक गतिविधि र सामाजिक कार्यहरू गर्दै आइरहेको स्वतन्त्र विद्यार्थी समुहका संयोजकले बताए । स्वतन्त्र विद्यार्थी समुहले राष्ट्रिय शैक्षिक क्यालेन्डर, विद्यार्थीलाई त्रिविले दिने स्वास्थ्य विमा बापतको सेवाका लागि स्वास्थ्य विमा कार्ड उपलब्ध गराउने, छात्राहरूलाई महिला सशक्तीकरणको तालिमहरू संचालन गर्ने, क्याम्पस विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्ने, विद्यार्थीहरूलाई आवश्यक पर्ने विभिन्न किसिमका तालिमहरू संचालन गर्ने, उपकुलपति , प्रााध्यापक र विद्यार्थीहरू विच राम्रो वातावरण निर्माण गर्दै सहकार्यगरि रचनात्मक कार्यहरू संचालन गर्ने, विश्वविद्यालयलमा अनुसन्धानमुलक ढंगले पढन पाठनपाठनलाई अगाडि बढाउने जस्ता दर्जनौं एजेन्डाहरू लिएर स्ववियु निर्वाचनमा अगाडि बढिरहेका छन् ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…