SamwadKhabar logo

               

खेलकूद

फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा

संवाद खबर

संवाद खबर

फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा
साउन १५, काठमाडौँ । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोलले हरायो । अस्ट्रेलियालाई जित दिलाउन हेली रासोले दुई तथा मेरी फाउलर र स्टेफनी क्याटलीले एक एक गोल गर्नुभयो । जितसँगै तीन खेलमा ६ अङ्क जोड्दै अस्ट्रेलिया समूहको शीर्ष स्थमामा रह्यो । पहिलो पराजय ब्यहोरेको क्यानडा समान खेलमा चार अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । यसअघि रिपब्लिक अफ आयरल्यान्डलाई पराजित गरेको अस्ट्रेलियाले नाइजेरियासँग हार ब्यहोरेको थियो । यसैगरी नाइजेरियासँग बराबरीमा रोकिएको क्यानडाले आयरल्यान्डलाई हराएको थियो । अर्को खेलमा नाइजेरियाले आयरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो । नाइजेरियाले तीन खेलमा पाँच अङ्क जोड्यो । आयरल्यान्ड समान खेलबाट एक अङ्कका साथ पुछारमा रह्यो । यसअघि क्यानडासँग बराबरी खेलेको नाइजेरियाले अस्ट्रेलियालाई हराएको थियो । आयरल्यान्ड अस्ट्रेलिया र क्यानडासँग पराजित भएको थियो । एजेन्सी

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …