SamwadKhabar logo

               

खेलकूद

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा स्वर्ण पदक खेलाडीहरूलाई पुरस्कारसहित सम्मान

प्रमिला भुजेल

प्रमिला भुजेल

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा स्वर्ण पदक खेलाडीहरूलाई पुरस्कारसहित सम्मान
७ असोज, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्वर्ण पदक बिजेता खेलाडीहरूलाई नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरेको छ । मिति २०८० साल श्रावण २६ गते देखि २८ गते सम्म मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भएको १७औं अल इन्डिया स्वतन्त्रता दिवस कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप २०२३ मा नेपाल सितोरियो कराते डोजो प्रथम शाखा डोजो बौद्ध पिपलबोटबाट स्वर्णपदक विजेता खेलाडी प्रभात रोका मगर र छेयुङला शेर्पालाई पुरस्कारसहित सम्मान गरेको हो । सेतोकाइ कराते इन्टरनेसनल इन्डिया र भारत कराते एकेडेमीको संयुक्त आयोजना तथा कराते इन्डिया अर्गनाइजेसनको स्वीकृतिमा १७औं अल इन्डिया स्वतन्त्रता दिवस कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप २०२३ आयोजना गरेको थियो । श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेले स्वर्ण पदक बिजेता खेलाडी द्वय प्रभात रोका मगर र छेयुङला शेर्पालाइ नगद पुरस्कार रु. १० हजार ( दश हजार) सहित कदर पत्रले सम्मान गरेका थिए । उक्त कार्यक्रममा प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डे, श्री बौद्धनाथ क्षेत्र बिकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ ट्राफिक प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी निरीक्षक लेख नाथ मैनाली, श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु शैलेश श्रेष्ठ, जानुका भण्डारी श्रेष्ठ, राग्वा शेर्पा, पशुपतिनाथ (श्याम) खतिवडा, सुरज रुम्बा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पदक बिजेता खेलाडीहरूलाई बधाई दिदै खेलाडीहरू राष्ट्रको गहना भएको बताए। उनले बौद्ध र नेपाललाइ अन्तराष्ट्रिय जगतमा पहिचान दिलाउन सफल भएकोमा खुसि ब्यक्त गरे। खेलाडीहरूको मनोबल बढाउन र खेलप्रतिको निरन्तरताको लागि पनि स्वर्ण पदक बिजेता खेलाडीहरूलाई क्षेत्र बिकास समितिले सम्मान गरेको बताए । बौद्ध नाथ क्षेत्र विकास समितिले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।  

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …