SamwadKhabar logo

               

खेलकूद

असोज १३ गते मुवाथाई च्याम्पियनशीप गोकर्णेश्वर महादेव मन्दिर परिसरमा हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

असोज १३ गते मुवाथाई च्याम्पियनशीप गोकर्णेश्वर महादेव मन्दिर परिसरमा हुने
७ असोज, काठमाडौं । असोज १३ गते शनिबार गोकर्णेश्वर महादेव मन्दिर परिसरमा नकआउट प्रोफेसनल मुवाथाई च्याम्पियनशीप २०२३ आयोजना हुने भएको छ । मुवाथाईका विभिन्न विधामा प्रतिश्पर्धा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । प्रतियोगिता असोज १३ गते शनिबार विहान ९ः०० देखि बेलुका ५ः०० बजेसम्म हुनेछ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ राष्ट्रिय खेलकुद अभियानलाई आत्मसाथ गर्दै गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्धारा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा ख्याती प्राप्त खेलाडीहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा हरेक विधाका विजेताले रु १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कारका साथमा विनर बेल्ट, ट्रफी, मेडल सर्टिफिकेट र टिसर्ट प्राप्त गर्नेछन् । गोकर्णेश्वर मुवाथाई नगर कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले गोकर्णेश्वर मुवाबाई नगर कमिटीले नेपालकै सर्वोकृष्ट प्रतियोगिता गर्न सफल भई मुबाथाई खेललाई विकास र विस्तार गर्दै खेलाडीहरुको हौसला र मनोबल बढाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोफेशनल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथमा प्रतियोगिता गर्न लागेको बताए । पत्रकार सम्मेलन कार्यक्रम गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद उपशाखा प्रमुख राम नारायण शाहको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै शाहले खेलकुदले स्वास्थ्य र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले खेलकुदको विकासमा नगरपालिकाले सहयोग गर्दै आएको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथीले खेलाडी स्वयंसेवकहरुलाई टिसर्ट, ट्रयाकसुट वितरण गर्नु भएको थियो । कार्यक्रममा नगर समितिका अध्यक्ष सानुकान्छा श्रेष्ठ, ज्ञान दाश श्रेष्ठ (उपाध्यक्ष), श्यामकृष्ण श्रेष्ठ (उपाध्यक्ष), शिवहरी श्रेष्ठ (सचिव), निराजन सेढाई (कोषाध्यक्ष) र सदस्यहरु राकेश महर्जन, श्याम काजि श्रेष्ठ, जगदिश पाण्डेय, दुर्गा बहादुर श्रेष्ठ, खेलाडीहरु एवम् शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …