SamwadKhabar logo

               

खेलकूद

अजिमा कन्स्ट्रक्सनलाई प्रथम दशैं खसी कप २०८० को उपाधि

प्रमिला भुजेल

प्रमिला भुजेल

अजिमा कन्स्ट्रक्सनलाई प्रथम दशैं खसी कप २०८० को उपाधि
१० असोज, काठमाडौं । युथ फेस्टिबल कमिटिको आयोजनामा आईतबारदेखि शुरु भएको प्रथम दशैं खसी कप २०८० खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता अजिमा कन्स्ट्रक्सनले जितेको छ । मंगलबार भएको खेलमा अजिमा कन्स्ट्रक्सनले ताहाचल फुटबल टिमलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो । ताहाचल फुटबल टिम प्रतियोगिताको उपविजेता भई नगद रु २५ हजारका साथमा ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ । विजयी अजिमा कन्स्ट्रक्सनले नगद रु ५० हजारका साथमा खसि खरिदका लागि थप २० हजार प्राप्त गरेको छ । आजै भएको सेमिफाइनलमा ताहाचलले जुनियर बौद्ध भेट्रानलाई १–० ले पराजित गरेर फाइनल पुगेको हो भने अजिमा कन्स्ट्रक्सनले कुरदान फुटबल एकेडेमी नैकापलाई १–० ले पराजित गरेर फाइनल पुगेको हो । प्रतियोगिता अन्तर्गत मंगलबार नै क्वाटर फाइनल, सेमि फाइनल र फाइनल खेल सम्पन्न भएका थिए । काठमाडौं महानगरपालिका वडा नं. ६ को बौद्ध फुटबल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रम काठमाडौं क्षेत्र नं. ३ का संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संघीय सांसदहरु अशोक चौधरी, निशा डागी, वागमति प्रदेश सभा सदस्य विमल ठकुरी, छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता नारायण बहादुर सुवेदी, वडा नं. ४ का वडा अध्यक्ष जयराम महत लगायतको आतिथ्यता रहेको थियो । सामाजिक अभियन्ता मुस्कान खातुनको सभापतित्व रहेको थियो भने कार्यक्रम राजेश दाहालले गरेका थिए । प्रतियोगितामा ३२ टिमले भाग लिएका थिए प्रतियोगिताको रेफ्रि राष्ट्रिय स्तरका प्रदिप लामा र जोन महर्जन रहेका थिए ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …