SamwadKhabar logo

               

खेलकूद

आर्मी क्लब केपी ओली टी-२० क्रिकेटको फाइनलमा

प्रमिला भुजेल

प्रमिला भुजेल

आर्मी क्लब केपी ओली टी-२० क्रिकेटको फाइनलमा
१४ मंसिर, काठमाडौं । पोखरा रंगशालामा भएको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै  नेपाली सेनाको  त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा भीम सार्कीले ३५ बलमा ५ चौकासहित ३९ रन बनाए । सोमपाल कामी १४ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे । आर्मीलाई ओपनर तथा कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । कुशल मल्ल ८ बलमा ४ छक्कासहित २७ रनमा आउट । सन्तोष कार्की ७, रोहित पौडेल शून्य र बसिर अहमद ५ रनमा आउट भए । बागमतीका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३४ रन खर्चिदा २ विकेट लिए । प्रतिश जि.सी, ईशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १–१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बागमतीका प्रतिक श्रेष्ठ ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा नट आउट रहे । सन्दीप लामिछाने २२ बलमा २ चौका र १ छक्कासहित १९, रित गौतम १४, ईशान पाण्डे १२ र गौरव खड्का ८ रनमा आउट भए । आर्मीका सोमपाल कामीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । साहब आलमले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । विवेक यादवले १ विकेट लिए । आर्मीले उपाधिको लागि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफबीचको विजेतासँग खेल्नेछ । फाइनल शुक्रवार हुनेछ ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …