SamwadKhabar logo

               

खेलकूद

पीएम कप राष्ट्रिय महिला क्रिकेटमा कोशी र एपीएफको लगातार तेस्रो जित

प्रमिला भुजेल

प्रमिला भुजेल

पीएम कप राष्ट्रिय महिला क्रिकेटमा कोशी र एपीएफको लगातार तेस्रो जित
पुष ८, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेश र एपीएफले लगातार तेस्रो खेल जित हासिल गरेको छ । आइतवार कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । ८ टिम सहभागी जारी प्रतियोगिताका लगातार तेस्रो खेल जित्ने एपीएफ र कोशी मात्रै हुन् । कीर्तिपुरमा जितका लागि १३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । मधेशका लागि साना प्रविनले नट आउट २७ रन बनाइन् भने आरती महतोले १८ रन बनाइन् । कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए । यसअघि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो । ६४ बल खेल्दै ९ चौका प्रहार गरेकी कप्तान रुबिनाले सर्वाधिक ५७ रन बनाइन् ।  ओपनर काजल श्रेष्ठ पुजा महतोको बलमा डकआउट हुँदा रुबिना र अप्सरी बेगमले १०२ रनको शतकीय साझेदारी गरेका हुन् । सबनम राई ८ बलमा २ चौका सहित १६ र नमिता श्रेष्ठ २ रनमा अविजित रहे । अप्सरी ४१ बलमा ७ चौका सहित ३९ रनमा सरस्वती कुमारी चौधरीको बलमा साक्षी यादवबाट क्याच आउट भइन् । मधेश प्रदेशका लागि मिना महतोले सर्वाधिक २ विकेट लिइन् र पुजा महतो र सरस्वती कुमारी चौधरीले समान १–१ विकेट लिए । कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेट र बागमतीलाई ८ विकेटले पराजित गरेको थियो । मधेशको यो लगातार तेस्रो हार हो । मधेश एपीएफ र बागमतीसँग पराजित भएको थियो । एपीएफले आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ९० रनले हराउँदै तेस्रो खेल जित हासिल गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो । राष्ट्रिय टिमकी कप्तान इन्दु बर्माले एपीएफका लागि अलराउन्डर प्रदर्शन गरिन् । ब्याटिङमा ७० रनमा अविजित रहेकी इन्दुले बलिङमा ३ विकेट लिइन् । ओपनर ममताले ५८ बलमा ५ चौका सहित ५९ रनको अर्धशतकीय पारी खेलिन् । लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोक्काले समान १–१ विकेट लिए । एपीएफले दिएको १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनमै सिमित भएको हो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले २८ रन बनाइन् । उनले ४९ बलमा २ चौका प्रहार गरेकी हुन् । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाएनन् । एपीएफकी बर्माले ३ सँगै बिनु बुढाले २ विकेट लिइन् । रेखा रावल, करुणा भण्डारी र सीता राना मगरले समान १–१ विकेट लिए  । एपीएफले यसअघि मधेश प्रदेशलाई १० विकेट र सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरे पनि लुम्बिनी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग ९ विकेटले पराजित भएको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …