SamwadKhabar logo

               

खेलकूद

बौद्धनाथ क्षेत्र विकास कप प्रथम राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता पुष २२ बाट हुँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

बौद्धनाथ क्षेत्र विकास कप प्रथम राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता पुष २२ बाट हुँदै
पुष १८, काठमाडौं । स्पोर्ट्स स्पेशल क्लबद्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप प्रथम राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता पुष २२, २३ र २४ गते हुने भएको छ । क्लबको आयोजनामा हुने प्रतियोगिताको प्रायोजक श्री बौद्धनाथ क्षेत्र विकास समिति रहेको छ । प्रतियोगिता भगवती ब्याडमिन्टन एकेडेमी, शंखडोलमा हुनेछ । प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल, नगर स्तरिय डबल र भगवती क्लब आन्तरिक डबल विधामा हुनेछ । मेन्स डबलतर्फ प्रथम पुरस्कार ५० हजार उपविजेतालाई २५ हजार रहेको छ भनें भेट्रान्स डबलतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार पाउने छन् । यसैगरी नगरस्तरीय डबलतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार र भगवती क्लब आन्तरिक डबलतर्फ विजेताले ८ हजार र उपविजेताले ४ हजार पाउने छन् । विजेताले नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सहभागि हुन चाहने टिमले २०८० पुष २० गते साँझ ६ः०० बजे सम्म टिम दर्ता गर्नु पर्नेछ । टिम दर्ता शुल्क रु २ हजार लाग्नेछ ।  प्रतियोगिताको टाई सिट प्रकाशित पुष २१ गते हुनेछ । प्रतियोगिताका लागि केही नियम तोकिएको छ । प्रतियोगितामा मेन्स डबलको निम्ती राष्ट्रिय स्तर पुरुष युगल (-याङकीङ २० बाहेक मात्र) तथा भेट्रान्स डबलको लागि ४५ वर्ष पुगेकाले मात्र सहभागी हुन पाउने छन् । यसैगरी प्रोटेस हाल्न २ हजार नगद धरौटी राखी आवश्यक प्रमाण १ घण्टा भित्र जुटाउनु पर्ने छ भनें आवश्यक प्रमाण उपलब्ध नभएमा प्रोटेस लाग्ने छैन ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …