SamwadKhabar logo

               

खेलकूद

नेदरल्याण्ड्ससँग नेपाल पराजित

प्रमिला भुजेल

प्रमिला भुजेल

नेदरल्याण्ड्ससँग नेपाल पराजित

जेठ २३, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।

एक दशकपछि दोस्रो पटक टी २० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो । तर एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ राम्रो हुन सकेन ।

चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपनि गतिलो साथ पाउन सकेनन् ।

लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।

नेपालका लागि दोस्रो पटक टी २० विश्वकप खेल्ने एक मात्र खेलाडी सोमपाल कामी शून्यमा आउट भए । अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन् ।

नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश …

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

१८ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र क…

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको महिला टी२०आई श्रृंखलाको पहिलो खेल…

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

१७ माघ, काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई त्रिदेशीय शृंखलामा पहिलो जितका लागि १५८…