SamwadKhabar logo

               

खेलकूद

टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

संवाद खबर

संवाद खबर

टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

११ असार, काठमाडौं । टी–२० विश्वकप २०२४ को सुपर–८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको छ । 

बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४र४ र फजलहक फारुकी र गुलबदिन नाबी एक–एक विकेट लिए ।

यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।

बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एकएक विकेट लिए ।

यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर–८ को समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगे । समूह–२ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको हो ।

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

१४ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंग…

सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

१३ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स भलिबल नेसन्स् लिग२०२४ प्…