SamwadKhabar logo

               

धर्म संस्कृति

हरिशयनी एकादशी, आज प्रत्येकको घरमा रोपियो तुलसी

प्रमिला भुजेल

प्रमिला भुजेल

हरिशयनी एकादशी, आज प्रत्येकको घरमा रोपियो तुलसी

२ साउन, काठमाडौं । आषाढ शुक्ल एकादशीको अवसर पारेर आज प्रत्येकको घरमा तुलसीको बिरुवा मोठमा सारिएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन‌‌ राखिएको तुलसीको दलको बिरुवा  आजको दिन भगवान् विष्णुको प्रतीक तुलसी घर–घरमा  रोप्ने परम्परा छ । 

सनातन वैदिक परम्पराअनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशी(हरिबोधिनी एकादशी)सम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएको आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ ।आज तुलसी घर–घरमा  रोप्ने भएकोले हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन मात्र फलाहार गरी व्रत बस्ने गर्दछन्।

‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई सुनाएको उल्लेख छ ।

हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ ।

रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

२० भाद्र, काठमाडौं । हिन्दु महिलाहरू आज तीज पर्वको पहिलो दिन दर खाएर मनाउदै छन् । न…

नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

१९ भाद्र, काठमाडौं । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाए…

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…