SamwadKhabar logo

               

धर्म संस्कृति

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

६ साउन, काठमाडौं ।  गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज (आइतवार) गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा अषाढ शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रूपमा मनाउँदै आएको छ । 

व्यासदेवलाई ‘गुरुणां गुरु’ भनी यस दिनलाई गुरुपूर्णिमा उत्सवको रूपमा मनाइन्छ । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारतका रचयिता व्यासले नै रचना वेद व्यास थिए । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण [गुरु पूर्णिमा] का अवसरमा सार्वजनिक बिदा दिएको छ । कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम छ । चार वेद १८ पुराणका रचयिता भगवान् व्यासको जन्म तनहुँको दमौलीमा भएको विश्वास गरिन्छ । यही व्यासको नामबाट व्यास नगरपालिका नामकरण गरिएको हो । प्रत्येक वर्ष नगरपालिकाले गुरु पूर्णिमामा सार्वजनिक बिदा दिँदै आएको छ ।

विद्वानका अनुसार आज कै दिन भगवान शिवले पनि सप्तऋषिहरुलाई ज्ञान दिनुभएको थियो । यस दिन हामी जसलाई श्रद्धापूर्वक आफ्ना मार्गदर्शक, गुरु मान्छौं, उनका चरणमा भेट अर्पित गरेर आगामी वर्षका लागि शुभाशीर्वाद प्राप्त गर्दछौं । समाजमा यो तिथि गुरुको स्मरण, अर्चन, वन्दनका लागि समर्पित छ।

हाम्रो समाजमा जीवनका विभिन्न क्षेत्रमा मार्गदर्शन गर्ने व्यक्तिलाई गुरुको प्रतिष्ठा दिइएको छ । अक्षर ज्ञान, विशेष कला (संगीत, चित्रकला, नियुद्ध आदि सिकाउने, व्यवसाय या जीविकोपार्जनमा मार्गदर्शन) गर्ने, अर्थात् जीवनमा जो कसैबाट पनि केही शिक्षा लिन्छौं उसलाई गुरु मान्दछौं ।

श्रीमद्भागवत्मा भगवान् दत्तात्रेयले पृथ्वी, जल, वायु, आकाश, अग्नीलगायतका पञ्चतत्व, पुतली, मौरी, भमरा, हात्ती, मृग जस्ता जीव, पिङ्गलाजस्ती नारी लगायत २४ तत्वलाई गुरु स्विकार्नु भएको उदाहरण पाइन्छ ।
हिन्दू दर्शनमा गुरुलाई साक्षात् परब्रह्म पनि मानिन्छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।

गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ॥

गुरु, सृष्टिकर्ता ब्रह्मा जस्तै हुन् जसले शिष्यको जीवनमा सद्गुणहरूको सृष्टि र विकास गरिदिन्छन् । गुरु भगवान् विष्णु जस्तै हुन् किनभने उनले आफ्ना विद्यार्थीहरूमा भएका असल गुणहरूको रक्षा गर्ने प्रेरणा दिन्छन् । गुरु भगवान् महेश्वर जस्तै हुन् किनभने उनले विद्यार्थीमा भएका दुर्विचार र दुर्गुणहरू नष्ट गरिदिन्छन् । यसकारण परब्रह्मरूपी गुरुलाई हामी नमन गर्दछौं ।

गुरुको पूजा, गुरुको आदर कुनै व्यक्तिको पूजा होइन, गुरुदेहमा स्थित जुन विदेह आत्मा छ ( परब्रह्म परमात्माको अंश) त्यसैको आदर हो । गुरुको पूजन ज्ञानको पूजन हो ।

जुन महापुरुषहरूले कठोर परिश्रम गरेर हाम्रा लागि ज्ञानको अथाह भण्डारको द्वार खोलिदिएका छन्, तिनलाई स्मरण गर्दै कृतज्ञता ज्ञापन गर्ने पावन अवसर हो समाजका लागि गुरु पूर्णिमा । ऋषिऋण चुकाउने, गुरुको आशिर्वाद प्राप्त गर्ने र गुरुवाट प्रेरित भएर उचित दिशामा अघि बढ्‌ने संकल्प लिने अवसर हो । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, पथ प्रदर्शन गर्ने समस्त ग्रहरुलाई यस दिन कोटी-कोटी नमन गरिने गरिन्छ ।  'गुरुपूर्णिमा' गुरु मार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार व्यक्त गर्दै ज्ञानको पथमा सधै अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन हो  ।संसार जति नै आधुनकि प्रविधिमैत्री भएता पनि सहजता उपलब्ध भए पनि गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ, अथाह र अनन्त छ । – संवाद खबर

 

 

 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

२० भाद्र, काठमाडौं । हिन्दु महिलाहरू आज तीज पर्वको पहिलो दिन दर खाएर मनाउदै छन् । न…

नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

१९ भाद्र, काठमाडौं । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाए…

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…