SamwadKhabar logo

               

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

संवाद खबर

संवाद खबर

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

२१ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमाले र कांग्रेसको समर्थनमा आइतवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाहले सोमवार एक कार्यक्रमका बिच पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

प्रदेश प्रमुख नजिर मियाँले सोमवार एक कार्यक्रमका बिच शाहसँगै नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट भएका मन्त्री तथा राज्यमन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले शपथ लिनुभयो । 

कांग्रेसतर्फ आर्थिक मामिला मन्त्री बनेका बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का र नागरिक  उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले शपथ लिनुभयो । 

त्यस्तै मुख्यमन्त्री शाहले एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी निर्मला साउँद, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

योसँगै मुख्यमन्त्री शाहलेको १० सदस्य मन्त्रीमण्डल बनेको छ । 

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासक…

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

२१ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीय…

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

२१ साउन, काठमाडौं । डोटीबाट पूजा सामग्रीसहित सरकारी टोली बाजुराको बडीमालिकाका ला…