SamwadKhabar logo

               

कला / साहित्य

देउडा–गीत र नृत्य रूप

संवाद खबर

संवाद खबर

देउडा–गीत र नृत्य रूप
यज्ञराज भट्ट
सुदूरपश्चिमको ढुकढुकी नै मानिन्छ देउडालाई । लोक साहित्यको रूपमा वर्षैभरि र सबैभन्दा बढी खेलिने खेल र गाइने गीत दुबै हो देउडा । यसर्थ देउडा भन्नाले नृत्य तथा गायन दुबै बुझिन्छ । देउडा समूह अन्तर्गत नै अन्य गायन पनि पार्छन्, जसमा ठाडी भाका, हुड्के नाच, धमारी, झोडा, चैत आदि पर्दछन् ।
यी पर्व र स्थान विशेषमा गाइने/नाचिने हुन् । केही पूजा–पर्वमा गाइन्छ भने केही न्यावार, छठि जस्ता संस्कारहरूमा । गायन र नृत्य दुईवटै विधामा डेढीको प्रमुखता भएकोले यसलाई देउडा भनिएको हो । देउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रूपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नुपर्छ । देउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एक आपसमा पाखुरा समातेर सामूहगत रूपमा खुट्टा अघिपछि गरेर कम्मर र जीउ झुलाउँदै नाच्छन् ।
विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूले यस गीतमा छुट्टाछुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । सामूहिक देउडा खेल्दा देउडियाहरू ठुलो आँगन अथवा चौरमा गोलो घेरा बनाएर दुई समूहमा विभाजित हुन्छन् । दुई समूहमा विभाजित भएर देउडा गीतमै सवाल–जवाफ पनि गर्छन् । एउटै वृत्तमा यस्ता दुई समूह विषेशतः पुरुषहरूको नारीहरूको हुने गर्दछ । दुबै समूहतिर दुई जना गीदाउडा हरू हुन्छन् । गीतको उठान गर्ने व्याक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ ।
बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पैतालो मिलाएर देउडा गायन र नृत्यमा झुम्मिन्छन् । युवा–युवतीको समूहयुक्त वृत्त भएमा त्यसमा विशेष गरेर मायाप्रेमका प्रसंगलाई लिएर सवाल–जवाफ हुन्छ भने एक्लै गाइने गीतमा युवक या युवतिका आ–आफ्ना विरह–व्यथा, प्रेम–प्रसंग, उत्साह र वेदना लोकलयमा व्यक्त गर्दछन् । देउडा गीतका माध्यमबाट मानसिक भावहरूको अभिव्यक्ति तथा लोक–जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पनि पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यंग्यका साथै सामाजिक उत्पिडन, विषमता जस्ता विषयहरू देउडामा मिहीन किसिमले केलाएर प्रस्तुत गरिएको हुन्छ ।
देउडा खेलमा ओ बाज झुम्रेलि बाज, जौपात, छमक्म निरिमल छमक्क, छमक्क–छमक्क, लौ बिरे छमछम, ए साली, मेरी बौजु, ए भिनाजु, तान–तान बाज मैना चरी, लैलै वीरे छम्को, आदि थेगोहरू प्रचलनमा रहेको पाइन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफ मार्फत परिचय गर्ने र मायाप्रेमका गीतहरू समेत अलाप्ने गर्दछन् ।
रेडियो नेपालले नन्दकृष्ण जोशीले गाएको पहिलो देउडागीत रेकर्ड गरेको थियो । त्यसपछि भोजराज भट्ट, नरेन्द्रराज रेग्मी, टेकराज अवस्थी आदी कलाकारहरूले देउडागीत गाएर यसलाई नेपालको उच्चस्तरीय भाका बनाउन ठुलो योगदान पु¥याएका छन् । देउडा गीत पश्चिम नेपालको पहिचान गराउने लोक–संस्कृति हो । केही समय पहिले देउडा गीतहरू पश्चिम नेपालको सेरोफेरोमा मात्र सिमित थिए । पछिल्लो समयमा पश्चिम नेपालमा मात्र नभई गौरा पर्वको समयमा काठमाडौँमा समेत देउडा प्रतियोगिता चल्न थालेका छन् ।
विशेषतः कृष्णअष्टमीमा र एकदिन अगाडि–पछाडि गरी टुँडिखेलमा तथा राजधानीमा सघन रूपमा पश्चीम नेपालका समूदायको विशेष बसोवास भएका स्थनमा रमाइलोगरी देउडा खेलिन्छ । यससँगै नेपाली जनशक्ति विदेशीने क्रम बढेको अहिलेको अवस्थामा देउडाले अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भएको छ । यद्यपि यो प्रभाव भने नेपाली–भाषीहरूमा मात्र हो ।
देउडाको लोकप्रियता दिनानुदिन बढ्दो छ । लोकप्रियता बढेपनि यसको मौलिकता भने खस्किदै गएको छ । यो चिन्ताको विषय हो । पहिलेका कलाकारहरूले सम्बन्धित ठाउँमा नै गएर मौलिकता संकलन गरेर ल्याउने र रेकर्ड गर्दथे । अबका कलाकारहरूले मौलिकता संकलन गर्ने दुःख गर्नुभन्दा पनि नयाँ पुस्ताले मौलिकतालाई बिर्सिएर नयाँ ¥याप–पपको नक्कल गरेर देउडा रेकर्ड गराउने गर्छन् । त्यस्तो गर्नाले देउडाको वास्तविक मौलिकता खस्किएको छ ।
केही रफ–पपका टुक्काहरूमा पश्चिम नेपालका शब्दहरू जोडेर देउडा भनेर प्रस्तुत गर्नु सरासर गलत हो । मौलिकतालाई जस्ताको तस्तै बाँच्न दिनुपर्छ । अर्को कुरा पश्चिमी संस्कृतिको प्रभावले पनि परम्परागत संस्कृतिको मौलिकता खस्किन पुगेको हो । अहिले गीतहरूको बजार पनि ओह्रलो लागेको छ । त्यसमा पनि देउडाको बजार त निकै सानो छ । अहिले प्रविधिले गर्दा सहज हुनु पर्नेमा मौलिकता संकलन गर्नमा पुराना कलाकारहरूलाई झनै गाह्रो भएको छ । पहिलेका जस्तै गीतहरू पनि बजारमा आइरहेका छैनन् । त्यसैल पनि नयाँ पुस्तालाई परम्पागत संस्कृतितर्फ आकर्षण गर्न नसकेको हो ।
नेपाली चलचित्रहरूमा देउडाको प्रयोग हुन थालेको छ, तर त्यहाँ पनि वास्तविक मौलिकताको झल्को पाइँदैन । पहिलेका दिनहरूमा पश्चिम नेपालमा बिहान–बेलुका देउडा खेलिन्थ्यो । विवाह आदी शुभकार्यमा देउडा खेलिन्थ्यो । रत्यौलीमा देउडा खेलिन्थ्यो । गहुँको दाईं गर्न समेत देउडा खेलिन्थ्यो । तर अब देउडा हेर्न चाडवाड र मेला पर्व नै कुर्नु पर्छ । त्यहाँ पनि पुरानो मौलिकताको देउडा देखिन्न । सबै ठाउँमा नयाँ रफ–पप र डिजेको चलन चलेकाले देउडाको स्थिती निकै न्युन स्तरमा पुगेको छ ।
पछिल्लो समयमा केही गायक र कलाप्रेमीको प्रयासबाट देउडा संरक्षणका लागि केही संस्था र केही जिल्लागत समाज स्थापना भएका छन् । तर पनि देउडाको मौलिकता भने लोप हुने क्रममा देखिन्छ । पहिलेका दिनहरूमा पश्चिम नेपालका प्रत्यक वन–पाखामा र मेलापातमा घन्किने लोक देउडा भाकाहरू अब आएर लोप हुन लागेका हुन् कि भन्ने भान पर्छ । पश्चिम नेपालका वनपाखाहरूमा गुञ्जिने ठाडी भाकाहरू पाश्चात्य संस्कृतिको प्रभावका कारण हराउँदै गइरहेका हुन भने यसतर्फ संस्कृतिकर्मीहरूको ध्यान आकर्षित हुन आवश्यक छ ।
बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीतलाई ओझेल पार्न लागेको स्थितिले पक्कै पनि असल संस्कृति–प्रेमीको मन रुँदो हो । बढ्दो बजारीकरणका कारण गाउँहरूमा पनि आधुनिक र पप संगीतमा युवा पुस्ता रमाउन थाले पनि लोक–संस्कृतिको संरक्षण हुन आवश्यक छ । संस्कृति जगेर्ना गर्नेहरूले गर्नुपर्ने धेरै देखिन्छ यस फाँटमा । नेपालका गहना, यहाँका संस्कृतीलाई लोप हुनबाट जोगाउनै पर्छ । किनभने संस्कार र संस्कृति नै राष्ट्रका प्राण हुन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…