SamwadKhabar logo

               

खेलकूद

खेलमा केन्द्रीत हुँदै जितका लागि प्रयास गर्नु पर्नेः कप्तान लामिछाने

देवराज रिजाल

देवराज रिजाल

खेलमा केन्द्रीत हुँदै जितका लागि प्रयास गर्नु पर्नेः कप्तान लामिछाने
८ चैत्र, काठमाडौँ । काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले आयोजक युएईसँग लज्जास्पद हार व्यहोरेको छ । सोमबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईसँग नेपाल ९९ रनको विशाल अन्तरले पराजित भएको हो । आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपाल खराब ब्याटिङबाट गुज्रिरहेको छ। पपुवा न्युगिनीविरूद्धको पहिलो खेलमा खराब ब्याटिङका बावजुद पनि दुई विकेटको जित हात पारेको नेपालले पछिल्ला दुई खेलमा भने हार बेहोर्‍यो। खराब ब्याटिङ गरेपछि युएईविरुद्ध ४८ र ९९ रनले पराजित भएको नेपालको ब्याटिङमाथि अहिले प्रश्न उठिरहेको छ। सोमबार युएईविरुद्ध १०३ रनमै अलआउट हुनु नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै कम स्कोर हो। यो पनि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको इतिहासकै खराब ब्याटिङ खेलपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपालको ब्याटिङमा समस्या भएको स्वीकार समेत गरे। ‘प्रत्येक पटक हामी ड्रेसिङ रुम र ड्रइङ बोर्डमा जान्छौँ, खेलको बारेमा कुरा गर्छौ,’ लामिछानेले भने, ‘अहिले हाम्रो लागि राम्रो भइरहेको छैन। हामीले जे पनि गल्ती गरिरहेका छौं, हामी तिनीहरूलाई सुधार गर्न र नतिजामा सुधार ल्याउने आसा गर्न सक्छौं।’ लामिछानेले सबैले खेलमा केन्द्रीत हुँदै जितका लागि प्रयास गर्नु पर्ने पनि बताए। यदि तपाइँ एक व्यवसायीक क्रिकेटर हुनुहुन्छ भने तपाइँसँग कुनै विकल्प छैन, यदि तपाईंले हिजो हार्नुभयो भने आज तपाईंको लागि अर्को दिन हो र आफूलाई खेलमा केन्द्रीत गराउने र सुधार गर्ने हो। मेरो सिद्धान्त यही हो,’ उनले भने,‘सबैजना ठीक हुनेछन्। हामीले प्रयास गर्नुपर्छ र एकअर्का सहयोग गरेर अघि बढ्नु पर्छ।’

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …