SamwadKhabar logo

               

खेलकूद

लिभरपुलले जित्यो एफए कपको उपाधि

देवराज रिजाल

देवराज रिजाल

लिभरपुलले जित्यो एफए कपको उपाधि
१ ज्येष्ठ, काठमाडौँ । चेल्सीलाई हराउँदै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ । टाइब्रेकरमा प्रिमियर लिग क्लब चेल्सीलाई ६–५ ले पराजित गर्दै लिभरपुले एफए कपको च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि टाइब्रेकरमा लिभरपुलले बाजी मारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्विएको थियो । टाइब्रेकरमा लिभरपुलका ब्राजिली गोलरक्षक एलिसन बेकर नायक बने । उनले चेल्सीलाई दुई पेनाल्टीलाई बचाउँदै लिभरपुललाई सिजनको दोस्रो उपाधि दिलाउन सफल भए । एलिसनले चेल्सीको दोस्रो पेनाल्टीमा सेसर एज्पिलिक्वेटा र सातौ पेनाल्टीमा मासन माउन्टको प्रहारलाई बचाएका थिए । पाँचौ पेनाल्टीमा साडियो माने चुकेपछि टाइब्रेकर रोमाञ्चक मोडमा पुगेको थियो । त्यसपछि लिभरपुलले लगातार दुई गोल गर्दा चेल्सीले निर्णायक पेनाल्टीमा गोल गर्न सकेनन् । यो सिजनमा लिभरपुलले चार उपाधि जित्ने संघारमा रहँदा दुई उपाधि जितिसकेको छ । यसअघि लिभरपुलले लिग कपको उपाधि जितिसकेको छ । लिभरपुल प्रिमियर लिगको उपााधि नजिक रहँदा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरिसकेको छ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …