SamwadKhabar logo

               

खेलकूद

फुटबल विवादः छानविन समितिले आज प्रतिवेदन बुझाउने

देवराज रिजाल

देवराज रिजाल

फुटबल विवादः छानविन समितिले आज प्रतिवेदन बुझाउने
जेष्ठ ४ काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने भएको छ । उक्त समितिलाई ७ दिनको समय दिइएता पनि निर्वाचन र सार्वजनिक विदाका कारण १० दिनपछि समितिले प्रतिवेदन बुझाउन लागेको हो । एन्फा महसचिव इन्द्रमान तुलाधरका अनुसार समितिले प्रतिवेदन दिएपछि मात्र एन्फाले आफ्नो कदम चाल्ने र आज प्रतिवेदन बुझाउने कुरा छ । गत आइतबार बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी भिक्टर रानाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समितिलाई यस घटनाको तथ्य खोज्न जिम्मेवारी दिएको थियो । समितिले पछिल्लो एक सातामा क्याम्प छोडेका १० खेलाडी, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायत अन्य घटनासँग सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गरेको थियो । एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीमा रहेका १० जना खेलाडीहरूले आफूलाई क्याम्प छोडेर गएका थिए। आफ्नो आधारभुत आवश्यक्ताका विषयमा कुरा राख्दा प्रशिक्षकसँग खटपट परेको विषयमा खेलाडीहरुले क्याम्प छोडेर गएका थिए । त्यसपछि खेलाडीहरुले आफूहरुलाई न्याय दिनुपर्ने बताउँदै एन्फासँग अनुरोध गरेकाले कार्यसमिति बैठकले छानविन समिति गठन गरेको थियो ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …