SamwadKhabar logo

               

मनोरञ्जन

फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

देवराज रिजाल

देवराज रिजाल

फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक
१० जेष्ठ काठमाडौँ । फिल्म ‘चिसो मान्छे’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सोमबार रिलिज भएको ट्रेलर २४ घन्टा नपुग्दै २ लाख २४ हजार बढी दर्शकका साथ युट्युव ट्रेडिङको सातौं स्थानमा आउन सफल भएको हो । फिल्म आशा, भरोसा, प्रेम, विवाह, सुरुवात र मृत्यु जस्ता मिस्रित कथामा आधरित जस्तो ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । लक्का जवान उमेरमै जीवन साथी गुमाएपछि एक युवतीको चोट, पारिवारिक बन्धन, समाज र मनको चाह समेत ट्रेलरमा उनिएको छ । वैदेशिक रोजगारीमा गएको श्रीमान काठको बाकसमा फर्किएपछि नव यौवन भर्खर सुरु हुँदै गरेकी श्रीमतीका चोट समेत ट्रेलरमा देख्न सकिन्छ । नयाँ पुस्ता पुरानो रीतिथिति भत्काउँदै नयाँ संस्कारको सुरुवातका लागि विद्रोह गर्न तयार रहेका झलक समेत ट्रेलरमा देख्न सकिन्छ । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाललगायतका अभिनय रहेको छ । शर्मिला पाण्डेको निर्माण रहेको चलचित्र डिएस डिजिटलको ब्यानरमा बनेको हो । फिल्म असार ३ गते देशभर रिलिज हुँदैछ । पछिल्लो समय मानिसहरुमा परेको नैतिकताको खडेरी समेत फिल्ममा देखाउन खोजिएको निर्देशक खनालले बताए । ‘अस्पताल, स्कुल, उद्योग, बजार, समाज र हरेक व्यक्ति सहिष्णु छैनन् । घरभित्रैसम्म परचक्री प्रवृत्ति देखिन थालेको छ । यसले समाज कति भ्रष्ट र विकृत हुँदै गएको छ रु समाज एकलाई पर्दा अर्कोले सहयोग नगर्ने भइसकेको छ’ निर्देशक खनालले भने ‘संवेदनाहिन समाज कोरोना कालखण्डमा धेरैले देखेरभोगेको कथाले फिल्म ‘चिसो मान्छे’ जन्माएको हो ।’

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …