SamwadKhabar logo

               

सुदूरपश्चिम प्रदेश

धनगढीका मेयर हमालद्वारा असार महिनाको सुविधा बहिरा आधारभूत विद्यालयलाई हस्तान्तरण

संवाद खबर

संवाद खबर

धनगढीका मेयर हमालद्वारा असार महिनाको सुविधा बहिरा आधारभूत विद्यालयलाई हस्तान्तरण
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो असार महिनाको सुविधा श्री दक्षिणकाली बहिरा आधारभूत आवसीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । मेयर हमालले एउटा कार्यक्रम मार्फत् एकासी हजार पाँच सय छ्यहत्तर रुपिया (८१५७६/-) उक्त विद्यालयलाई हस्तान्तरण गरेका हुन् । फरक क्षमता भएका (बहिरा) विद्यार्थीहरूका लागि सञ्चालित उक्त विद्यालयमा हाल १०३ विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन्। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटि, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा जिल्लाका विद्यार्थीहरूलाई यहाँ कक्षा ६ सम्म पढाइन्छ । यद्यपि विद्यालय विभिन्न अभाव र समस्याबीच सञ्चालनमा रहेको छ। चुनावताका आफू मेयरमा निर्वाचित भएवापत आफूले पाउने सुविधा लिने कि छोड्ने भन्ने विषयमा आफू दोधारमा रहेको उल्लेख गर्दै हमालले भने, ‘केही शुभचिन्तकले सुविधावापतको पैसा लिनु र त्यसलाई कुनै यस्तो ठाउँमा दिनु जहाँ त्यसको आवश्यकता होस् भनी सुझाव दिनुभयो।’ त्यसै सुझावलाई आत्मसात् गरी आफूले पाउने सुविधा लिने र त्यसलाई जनताकै सेवामा लगाउने हमालले बताए । यसअघि वैशाख महिनामा मेयर हमालले प्राप्त गरेको सुविधा धनगढीमा सञ्चालित गौशालालाई हस्तान्तरण गरेका थिए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासक…

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

२१ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीय…

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

२१ साउन, काठमाडौं । डोटीबाट पूजा सामग्रीसहित सरकारी टोली बाजुराको बडीमालिकाका ला…